default_image

1 year ago

February 6, 2024

कर्णालीका खेलाडीलाई प्रदेशको पहिचान झल्किने पोसाक

309 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीका खेलाडीहरुको लागि प्रदेशको पहिचान झल्किने आफ्नो छुट्टै पोसाकको डिजाइन तयार भएको छ । कर्णालीका विभिन्न पर्यटकीय स्थल, दुर्लभ बन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति पोसाकमा राखिएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम खेलाडीहरुको लागि खेल पोसाक र मार्चपास पोसाक तयार पारिएको प्रदेशका सदस्य सचिव विश्वामित्र संज्याल बताए ।

सदस्य सचिव संज्यालका अनुसार खेल पोसाक रातो र निलो गरी दुई रङ्गमा छ भने मार्च पास पोसक एउटा रङ्गमा रहेको छ । पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपी, सुटमा कर्णाली झल्किने चिन्ह राखिएको छ ।

पार्च पास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो राखिएको छ भने खेल पोसाकमा कर्णाली नदि,कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लभ बन्यजन्तु याक राखिएको छ ।

खेल पोसाकमा समेटिएको रातो रङ्ग,नेपालको झण्डा र निलो रङ्ग रारा, कर्णाली वोर्डरसँग मिल्ने भएकाले दुई रङ्ग छानिएको सदस्य सचिव संज्यालले भनाइ छ । मार्च पास पोसाक भने कर्णालीको उत्पादनसँग मिल्दो हुनु पर्ने छ ।

यो पोसाकलाई कर्णाली प्रदेश खेलकुद विकास परिषदले कानुनी रुपमा नै राष्ट्रिय खेलकुद परिषदमा दर्ता गर्ने छ । दर्ता पश्चात अन्य प्रदेशले कर्णालीको रङ्गमा कुनै पनि पोसाक बनाउन पाउने छैन ।

‘खेलाडीले प्रयोग गर्ने पोसाक हिजोका दिनमा खेल सकिए पश्चात गैर खेलाडीहरुले जहाँ पनि प्रयोग गरेको पाइयो । त्यसले गर्दा खेलाडीले प्रयोग गर्ने पोसकको महत्व धेरैले बुझेनन् यसको महत्वको लागि पनि परिषद्ले पोसाक कोड नै बनाएर हामिले कर्णालीको आफ्नो छुटटै पोसाक बनाउने निर्णय ग¥यौँ,’ ‘सदस्य सचिव संज्यालले भने,’ ‘अब देखि कर्णालीका खेलाडीहरुले प्रयोग गर्ने मार्च पास पोसाक र खेल पोसाक नियमित यहि हुन्छ ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषदले केहि समय अघि सार्वजनिक सूचना आह्वान गरेर नै खेल पोसाक र मार्चपास पोसाकको डिजाइन मागेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.