default_image

1 year ago

February 6, 2024

च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो

3105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले अपराजित रहँदै ढोरपाटन महिला डबल लिगको उपाधि उचालेको छ । अर्कोतर्फ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम दोस्रो भएको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा सन्चालित प्रतियोगिताको अन्तिम खेल मंगलबार एपिएफ र न्यु डायमण्डले समान ३-० सहजै खेल जितेका थिए ।

न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई २५-२१,२५-२० र २५-२० ले हराउँदै दोस्रो स्थान पक्का गरेको हो ।
एक खेल अगावै च्याम्पियन बनिसकेको एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २७-२५,२५-२० र २५-१५ ले खेल जितेको थियो।

च्याम्पियन एपिएफको खातामा ३५ अंक पुग्यो । न्यु डायमण्ड २७ अंकका साथ दोस्रो बन्यो । समान २३ अंक भएका पुलिस तेस्रो र आर्मी चौथो भयो ।

एन्जल हार्टले सबै १२ खेलमा १२ अंक जोड्दै पाँचौं र धादिङ स्पोर्टस क्लब ६ अंकका साथ सातौं स्थानमा रह्यो । जावलाखेल ७ खेलमा ३ र बागमती विना कुनै अंक पहिलो चरणबाट बाहिरिएका थिए ।

प्रतियोगिताको विजेता एपिएफले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे । माघ १२ गते सुरु भएको प्रतियोगिता पूर्व निर्धारित मिति भन्दा एक दिन पछि सकिएको थियो।

 उत्कृष्ट निरुता र उदयमान सुमित्रालाई‌ स्कुटर

नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना र चन्द्रागिरी नगरपालिका न्यु डायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीले १६ औं ढोरपाटन महिला भलिबल लिगमा उत्कृष्ट खेलाडी र उदियमान खेलाडी बन्दै स्कुटर जितेका छन् ।

प्रतियोगितामा उच्च प्रदर्शन गरेका दुवैले विद्युतीय स्कुटर पुरस्कारस्वरूप प्राप्त गरेका हुन् । निरुता सम्मिलित एपिएफ डबल लिगमा अपराजित रहेर च्याम्पियन बनेको थियो । त्यस्तै न्यु डायमन्ड लिगको १२ मध्य ९ खेल जित्दै दोस्रो भएको हो ।

विधागततर्फ न्यु डायमन्डकै जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर तथा प्रगति नाथ उत्कृष्ट सेटर घोषित भए । पुलिसकी शान्तिकाला तामाङ उत्कृष्ट लिबेरो तथा आर्मीकी कप्तान सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भइन् ।

च्याम्पियन एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक बन्दा आर्मीकी सुनिता राई उत्कृष्ट सर्भर बनिन् । एपिएफकी सृष्टि खड्गीले पनि उदियमान खेलाडी बन्दै १० हजार रुपैयाँ पाइन् ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.