1 year ago
February 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिगको अन्तिम खेल अघि नै नेपाल एपिएफ क्लब च्याम्पियन बनिसकेको छ । लिगको अन्तिम दुई खेल बाँकी रहँदा दोस्रो स्थानका लागि ३ टोलीबीच तीव्र प्रतिस्पर्धा रहेको छ । मंगलबार हुने अन्तिम दुई खेलले दोस्रो, तेस्रो र चौथो टोलीको टुंगो लाग्नेछ ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको ११ औं दिन नेपाल पुलिस क्लब सोमबार त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै फेरि दोस्रो स्थानको दौडमा फर्केको छ । आइतबार खराब प्रकाशका कारण स्थगित खेल सोमबार खेलाइएको थियो ।
त्यो खेल पुलिसले सुरुवाती दुई सेट गुमाएर पनि उत्कृष्ट पुनरागमनका साथ २४–२६,२३–२५,२५–१९,२५–१९ र १५ –९ ले विजयी भएको थियो । त्यो खेल जितेर २ अंक थपेपछि पुलिसको खातामा २३ अंक पुगेको छ । १ अंक थपेको आर्मीको पनि २३ अंक पुगेको छ । २४ अंकका साथ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम रहेको छ ।
एन्जल हार्टले सबै १२ खेलमा १२ अंक जोडेदै पाँचौं र धादिङ स्पोर्टस क्लब ६ अंकका साथ सातौं स्थानमा रहेको छ । जावलाखेल ७ खेलमा ३ र बागमती विना कुनै अंक पहिलो चरणबाट बाहिरिएका थिए । अन्तिम दिन पहिलो खेल न्यु डायमण्ड र पुलिसबीच खेल हुनेछ । न्यु डायमण्डले त्यो खेल जितेमा दोस्रो हुनेछ । पुलिस जितेको खण्डमा एपिएफ र आर्मीबीच हुने अन्तिम खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा जारी १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।