1 year ago
February 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले शनिबार ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणमा एकै दिन दोहोरो जित हासिल गरेको छन् ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको नवौं दिन एपिएफले एन्जल्स हार्ट र धादिङ स्पोर्टस क्लबलाई समान ३–० ले हरायो ।
त्यस्तै न्यु डायमण्डले धादिङ र त्रिभुवन आर्मी क्लबलाई समान ३–० ले पराजित गर्यो । एपिएफ शीर्षस्थानमा थप मजबुत हुँदा न्यु डायमण्ड पुनः अंकतालिकाको दोस्रो स्थानम उक्लेको छ । अर्को खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । धादिङ र एन्जल्स हार्टले दुबै खेल गुमाए ।
एपिएफले एन्जल्स हार्टलाई २५–३,२५–११,२५–१६ ले र धादिङलाई २५–१०,२५–८, २५–७ ले हराएको थियो । न्यु डायमण्डले धादिङलाई २५–४,२५–११ र २५–१६ र आर्मीलाई २५–१९,२५–११,२५–१६ ले पराजित गरेको थियो । पहिलो चरणमा न्यु डायमण्डले आमईलाई ३–२ ले हराएको थियो । पुलिसले एन्जल्स हार्टलाई २५–४,२५–११,२५–१६ ले हराएको थियो ।
अन्तिम दुई दिनको खेल बाँकी रहँदा एपिएफको २९ अंक पुगेको छ । दोस्रो स्थानमा उक्लेको न्यु डायमण्डको २४ अंक छ । तेस्रो स्थानको आर्मीको १९ अंक र पुलिसको १८ अंक छ । एन्जल्स हार्टको १२ र धादिङको ६ अंक छ । जावलाखेल भलिबल ट्रनिङ क्लब र बागमती प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए ।
ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।