1 year ago
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणको सुरुवात पनि जितबाट गरेको छ ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको आठौं दिन शुक्रबार एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–२०,२५–२१ र २५–१२ ले पुलिसलाई हराएको थियो । सबै ८ खेलमा जित निकालेको एपिएफको २३ अंक पुगेको छ ।
एन्जल्स हार्ट कलेजले मिश्रित नतिजाको आत्मसात गर्दा त्रिभुवन आर्मी क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले जित हासिल गरेको छ । धादिङ स्पोर्टस क्लबले भने दुबै खेल गुमाएको थियो । न्यु डायमन्डसँग ३–० पराजित भएको एन्जल हार्टले धादिङमाथि ३–० कै जित निकालेको थियो ।
डायमन्डले एन्जल हार्टलाई २५–८,२५–२१ र २५–९ ले हराएको थियो । सोही दिनको आफ्नो दोस्रो खेलमा एन्जल्स हार्टले धादिङमाथि २५–१४,२५–१२ र २५–२१ जित निकालेको थियो । दिनको पहिलो खेलमा आर्मीले धादिङलाई २५–१६,२५–११ र २५–६ ले हराएको थियो ।
दास्रो चरणको पहिलो खेलको समाप्तीपछि दोस्रो स्थानमा रहेको आर्मीको १९ अंक पुगेको छ । १८ अंकसहित न्यु डायमण्ड तेस्रो स्थानमा उक्लेको छ । पुलिस १५ अंकसहित चौथो स्थनमा छ । पाँचौंमा रहेको एन्जल्स हार्टको १२ अंक पुगेको छ भने पुछारमा रहेको धादिङको ६ अंक छ ।
जावलाखेल भलिबल ट्रनिङ क्लब र बागमती प्रदेश पहिलो चरणबाट बाहिरिएको थियो । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।