default_image

1 year ago

February 2, 2024

गण्डकी मुख्यमन्त्री कपको फाइनलमा

4089 views

0 Bookmark

महेन्द्रनगर (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकाे पुरुष भलिबल टोली तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकाल्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट सहजै २५–१५ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा गण्डकीको प्रदर्शन फितलो रहँदा १९–२५ ले गुमाउन पुग्यो ।

चौथो सेटमा एक समय गण्डकी १६–१० ले अघि रहेपनि लगातार अंक गुमाउन पुग्दा खेल २३–२३ को बराबरीमा पुगेको थियो । त्यसपछि गण्डकीले गेम प्वइन्टको अवसर पाएपनि पुलिसले अग्रता बढाउँदै म्याच प्वाइन्टमा पुगेको थियो । पछि गण्डकीले अग्रता लिदै ३१–२९ को प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो ।

निर्णायक तथा पाँचौं सेटमा गण्डकीले सानदार प्रदर्शन गर्दा पुलिसको प्रदर्शन निकै फितलो देखियो । सुरुमै ३–० को अग्रता लिएर अघि बढेको गण्डकीले १५–७ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो ।

अब गण्डकीले फाइनलमा शनिबार आर्मी र एपिएफबीचको विजेतासँग खेल्नेछ । आर्मी र एपिएफबीच अहिले फाइनल प्रवेशका लागि खेल भइरहेको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । चौथो हुने टिमलाई सान्त्वना स्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका छन् ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.