1 year ago
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद )– सबै सात खेल जितेको एपिएफ शीर्षस्थानमा रहँदा होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र बागमती प्रदेश दोस्रो चरणमा पुग्न असफल भएका छन् ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको सातौं दिन बिहीबार ३ विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एन्जल्स हार्ट कलेज विजयी भएका छन् ।
प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमलाई ३-२ ले हराउँदै एपिएफ शीर्षस्थानमा थप मजबुत भएको छ ।
पहिलो र तेस्रो सेट गुमाएको साविक विजेता एपिएफले १४-२५,२५-२१,२१-२५,२५-१४ र १५ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। प्रतियोगितामा एक मात्र अपराजित एपिएफको २० अंक पुगेको छ।
अघिल्लो दिन पुलिससँग पराजित न्यु डायमण्ड १५ अंक सहित चौथोमा झरेको छ भने आर्मीले १६ अंकका साथ दोस्रो स्थानमा रहँदै पहिलो चरणको अन्त्य गरेको छ । समान १५ अंकसहित पुलिस सेट रेसियोको आधारमा तेस्रो स्थानमा छ ।
यस्तै ९ अंक जोडेको एन्जल्स हार्ट पाँचौं र छैटौंमा धादिङ स्पोर्टस क्लबको ६ अंक छ । शीर्ष ६ मा पर्न सफल टोलीले दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । बाहिरिएको जावलाखेलले ३ अंक जोड्दा बागमती विना अंक घर फर्केको छ।
दोस्रो स्थानमा उक्लने क्रममा आर्मीले जावलाखेललाई २५-४, २५-७ र २५-७ ले हरायो । पुलिसले धादिङमाथि २५-३,२५-८ र २५-६ को जित निकाल्यो। सातौं चरणमा तेस्रो जित निकाल्ने क्रममा एन्जल्स हार्टले बागमतीलाई २५-१२, २५-९ र २५-५ ले हराएको थियो।
दोस्रो चरणको खेल शुक्रबारबाट सुरु हुनेछ। ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।