11 months ago
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद )–त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिनको तेस्रो खेलमा आर्मीले धादिङ स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको छ।
आर्मीले २५-१८,२७-२५,२५-१० ले जितेको हो । पहिलो सेटमा सहज जितपछि आर्मी दोस्रो सेटमा पहिलो रोजाइको खेलाडीलाई मौका दिएको थियो । जसका कारण टोलीले कडा चुनौतीको सामना गरेको थियो।
१७-२३ ले पछाडि परेपछि पहिलो रोजाइ कै खेलाडीलाई उतारेपछि आर्मीले कठिन जित निकालेको हो । पहिलो रोजाइ कै खेलाडीलाई निरन्तरता दिएपछि आर्मीले तेस्रो सेटसँगै खेल जितेको थियो।
त्यसअघि आज साविक विजेता एपिएफ र
चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले विजय यात्रालाई जारी राखेका थिए। न्यु डायमण्डले जावलाखेल भलिबल ट्रेनिङ क्लबमाथि २५–३,२५–१० र २५–७ को सहज जित निकालेको थियो ।
न्यु डायमण्डले अन्तिम दुई खेलमा दुई विभिागय टोली नेपाल पुलिस क्लब र साविक विजेता एपिएफको सामना गर्नेछ ।
न्यु डायमण्डले बुधबार पुलिस र बिहीबार पहिलो चरणको अन्तिम खेलमा एपिएफको सामना गर्नेछ । एपिएफले छैटौं खेलमा धादिङ स्पोर्टस क्लबसँग खेल्नेछ ।
मंगलबारको पहिलो खेलमा एपिएफले तेस्रो सेटमा कडा चुनौतीको सामना गरेपनि एन्जल्स हार्टलाई २५–१६,२५–१४ र २५–२३ को सोझो सेटमा पराजित गरेको गरेको थियो ।
एपिएफ १५ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानको न्यु डायमण्न्डको १४ अंक छ । आर्मीको १०, धादिङ स्पोर्टस क्लब र पुलिसको समान ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ ।
आज चौथो एवंम अन्तिम खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच हुनेछ। ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।
पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]