9 months ago
January 30, 2024
काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको पहिलो चरणका अन्तिम दुई खेल अघिसम्म अपराजित यात्रालाई कायम राखेको छ ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन दोस्रो खेलमा न्यु डायमण्डले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३–० ले हराएको छ । सहज जित निकाल्ने क्रममा न्यु डायमण्डले जावलाखेलमाथि २५–३,२५–१० र २५–७ को सहज जित निकालेको थियो ।
न्यु डायमण्डले अन्तिम दुई खेलमा दुई विभिागय टोली नेपाल पुलिस क्लब र साविक विजेता एपिएफको सामना गर्नेछ । पाँच खेलको समाप्तीमा १४ अंकसहित न्यु डायमण्ड दोस्रो स्थानमा छ । न्यु डायमण्डले बुधबार पुलिस र बिहीबार पहिलो चरणको अन्तिम खेलमा एपिएफको सामना गर्नेछ । एपिएफले छैटौं खेलमा धादिङ स्पोर्टस क्लबसँग खेल्नेछ ।
मंगलबारको पहिलो खेलमा एपिएफले तेस्रो सेटमा कडा चुनौतीको सामना गरेपनि एन्जल्स हार्टलाई २५–१६,२५–१४ र २५–२३ को सोझो सेटमा पराजित गरेको गरेको थियो ।
एपिएफ १५ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानको न्यु डायमण्न्डको १४ अंक छ । आर्मीको ७, धादिङ स्पोर्टस क्लब र पुलिसको समान ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ । आज थप २ खेल हुनेछन्। तेस्रो खेल त्रिभुवन आर्मी क्लब र धादिङ स्पोर्टस क्लब तथा चौथो एवंम अन्तिम खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच हुनेछ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ । पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
October 29, 2024
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]
October 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि अनिषा थारु आयुष केसीले जितेका छन् । निर्धारित दूरी छात्रातर्फ अनिषाले २५ मिनेट २१.०५ सेकेन्ड र छात्रातर्फ आयुषले १९ मिनेट २३ सेकेन्डमा पूरा गरे । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीवार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले […]