9 months ago
January 29, 2024
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार चौथौ जित हासिल गरेको छ ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको तेस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको छ।
विभागीय डर्बीमा एपिएफले पुलिसलाई १७-२५,२५-११,२५-२३र २५-२१ ले हराएको छ। तेस्रो सेटमा १९-२३ पछि परेको अवस्थाबाट लगातार ६ अंक जोड्दै एपिएफले नतिजा आफ्नो पक्षमा पारेको हो ।
अपराजित एपिएफ १२ अंकसहित शीर्षस्थानमा यथावत छ।
आज अघिल्लो खैलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका थिए।
आर्मीले एन्जल्स हार्टलाई २५-१९, २५-८,२५-१४ ले हराएको छ। दोस्रो जितसँगै आर्मी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आइतबार आर्मीले पुलिस३-१ ले हराएको थियो।
दिनको पहिलो खेलमा सोमबार जावलाखेलले बागमती प्रदेशलाई २५-२०, २५-१०, २५- १०ले हराएको छ। जावलाखेलको चौथो खेलमा यो पहिलो जित हो । यसअघि नेपाल पुलिस क्लब, एपिएफ र धादिङ स्पोर्टस क्लबसँगको खेल जावलाखेलले गुमाएको थियो। बागमतीले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन ।
आजको चौथो तथा अन्तिम खेल चन्द्रागिरी नगरपालिका महिला भलिबल टिम र धादिङबीच हुनेछ।
अंक तालिकाको दोस्रो स्थानको न्यु डायमण्न्डको ८ अंक छ । आर्मीको ७, धादिङ स्पोर्टस क्लब र पुलिसको समान ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।
पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
October 29, 2024
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]
October 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि अनिषा थारु आयुष केसीले जितेका छन् । निर्धारित दूरी छात्रातर्फ अनिषाले २५ मिनेट २१.०५ सेकेन्ड र छात्रातर्फ आयुषले १९ मिनेट २३ सेकेन्डमा पूरा गरे । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीवार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले […]