default_image

12 months ago

January 29, 2024

ढोरपाटन लिगमा आर्मी तेस्रो स्थानमा उक्लियो

710 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा दोस्रो हासिल गरेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको‌ दोस्रो खेलमा आर्मीले एन्जल्स हार्टलाई ३-० को सोझो सेटमा हराएको हो ।

आर्मीले एन्जल्स हार्टलाई २५-१९, २५-८,२५-१४ ले हराएको छ। दोस्रो जितसँगै आर्मी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आइतबार आर्मीले नेपाल पुलिस क्लब ३-१ ले हराएको थियो।

दिनको पहिलो खेलमा सोमबार जावलाखेल भलिबल ट्रेनिङ क्लबले बागमती प्रदेशलाई २५-२०, २५-१०, २५- १०ले हराएको‌ छ। जावलाखेलको चौथो खेलमा‌ यो‌ पहिलो जित हो ।

यसअघि नेपाल पुलिस क्लब, एपिएफ र धादिङ स्पोर्टस क्लबसँगको‌ खेल जावलाखेलले गुमाएको थियो। बागमतीले अहिलेसम्म जितको‌ खाता खोल्न सकेको छैन ।

आज अरु २ खेल हुनेछ । त् साविक विजेता एपिएफ र पुलिस बीच तथा अन्तिम खेल चन्द्रागिरी नगरपालिका महिला भलिबल टिम र धादिङबीच हुनेछ।

९ अंकसहित एपिएफ शीर्षस्थान, दोस्रो स्थानको न्यु डायमण्न्डको  ८ अंक  छ । आर्मीको‌ ७, धादिङ स्पोर्टस क्लब र पुलिसको समान ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  आर्मी , न्यु डायमण्ड , धादिङ  र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

January 10, 2025

एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबिच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने एनकेएलको पहिलो सिजन फ्रेन्चाइज अवधारणमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले […]

January 10, 2025

सदभाव शीर्षस्थानमा कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक गल्फर सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शुक्रवार ८-ओभर ८० को निराशाजनक प्रदर्शन गरे। यो स्कोरमा ५४ होलको खेल सकिंदा समग्रमा २-ओभर २१८ सहित चार स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहे। तर उनले ३६ होलको समाप्तिमा बनाएको ८ स्ट्रोकको सानदार अग्रतालाई जोगाउन सकेनन्। सदभावले बंगलादेशका मोहम्मद […]

January 9, 2025

नेपाललाई‌ टिम इभेन्टमा स्वर्ण, सदभावको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]

Success

Thank you for your time.