1 year ago
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।
विभागीय डर्बीमा आर्मीले आइतबार नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।
प्रतिस्पर्धात्मक तेस्रो र चौथो सेटमा उच्च प्रर्दशनका साथ आर्मीले पुलिसलाई २५-१९, १२-२५,२५-२३,३०-२८ ले हराएको हो । आर्मीकी आरती सुवेदीको प्रदर्शन प्रभावशाली रह्यो र उनै खेलको प्लेयर अफ दि म्याच बनिन् ।
अघिल्ला दुई खेलमा आर्मी चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमसँग ३-२ र एपिएफसँग ३-१ ले पराजित भएको थियो। पुलिसले पहिलो खेलमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र अर्कोमा एन्जल्स हार्ट कलेजलाई हराएको थियो।
यसअघि आज साविक विजेता एपिएफ र न्यु डायमण्डले च्याम्पियनसिपमा लगातार तेस्रो तथा धादिङ स्पोर्टस क्लबके दोस्रो जितेको छ। सबै ३ खेल जित्नेमा एपिएफ र न्यु डायमण्ड मात्र छन्।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता एपिएफले जावलाखेललाई ३-० ले हराएको थियो । एपिएफले २५-१, २५-३,२५- ले सहजै जितेको थियो। पहिलो सेटमा एपिएफले १७ अंक जोडेपछि जावलाखेलले पहिलो अंक बटुलेको थियो। त्यो पनि एपिएफको गल्तिमा जावलाखेले अंक जोडेको हो । जावलाखेलको त्यो तेस्रो हार हो ।
९ अंकसहित एपिएफ शीर्षस्थानमा उक्लेको छ। चन्द्रागिरी नगरपालिका महिला भलिबल टिमको न्यु डायमण्न्डको ८ अंक छ । धादिङ स्पोर्टस क्लब, साविक , नेपाल पुलिस क्लबको समान ६ तथा त्रिभुवन आर्मी क्लबको ४ अंक छ ।
त्यसअघि न्यु डायमण्डले एन्जल्स हार्ट कलेजलाई २५–१३,२५–८, २५–९ को सोझो सेटले हराएको थियो ।
न्यु डायमन्डले यसअघि पहिलो खेलमा आर्मी र अर्को खेलमा बागमती प्रदेशलाई हराएको थियो । आइतबारको पहिलो खेलमा धादिङले बागमतीलाई २५–८, २५–१३,२५–१२ ले हराएको थियो। बागमतीले लगातार तेस्रो खेल गुमाएको छ ।
आज अन्तिम खेल धादिङ र एन्जल्स हार्टबीच हुनेछ ।ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, आर्मी , न्यु डायमण्ड , धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।
पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।