default_image

1 year ago

January 28, 2024

एसियाड लक्षित विशेष प्रशिक्षण भोलिबाट सुरु हुँदै

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप ) अन्तर्गतको राष्ट्रिय टिम तयारीले २० औं एसियाली खेलकुद (एसियाड) लाई लक्षित गर्दै ५ खेलको विशेष प्रशिक्षण सुरु गर्ने भएको छ ।

कराते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो गरि ५ वटा खेलहरुको नियमित प्रशिक्षण सन्चालान गर्ने राखेप सदस्य सचिव टंकलाल घिसिङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पदक जित्ने सम्भावनाका आधारमा पहिलो चरणमा ५ खेल छनोट गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बताएका‌ छन् ।

पहिलो चरणमा सोमबारबाट सुरु हुने विशेष प्रशिक्षण २०८१ असार मसान्तसम्म रहने बताइएको छ । मिसन २०२६ नाम दिइएको प्रशिक्षणबाट जापानमा सन् २०२६ मा हुने २० औं एसियाडमा स्वर्ण सहित दोहोरो अङ्कको पदक हासिल गर्ने लक्ष्य राखिएको राखेपले जनाएको छ । नेपालले एसियाडमा अहिले सम्म ३ रजत र २३ कास्य पदक जितेको‌ छ।

ओलम्पिक गेम्स, इण्डोर एशियन गेम्स र साग गेम्स समेतलाई मध्यनजर राख्दै राष्ट्रिय टिमको तयारी प्रशिक्षणलाई निरन्तरता दिने योजना रहेको बताइएको छ।

५ राष्ट्रिय खेल संघले छनोट गरेका उत्कृष्ट १०/१० जना ५० खेलाडी सोमबार सुरु हुने प्रशिक्षणमा सामेल हुनेछन्‌। जसमा २१ महिला र २९ पुरुष खेलाडी छन् ।

सम्बन्धित राष्ट्रिय संघ र त्यसका मुख्य प्रशिक्षकको समन्वयमा तालिम तथा प्रशिक्षण विभागबाट सिफारिस भएका हरेक खेलबाट २/२ जना प्रशिक्षक गरि १० जना प्रशिक्षकलर विशेष प्रशिक्षण सन्चालन गर्ने बताइएको छ।

विशेष प्रशिक्षणमा समावेश खेलाडी तथा प्रशिक्षकलाई दैनिक ३ सय रुपैयाँ राखेपले उपलब्ध गराउने जनाइएको छ ।

त्यस्तै विशेष प्रशिक्षणमा संलग्न हरेक खेलाडी तथा प्रशिक्षक ८ हजार रुपैयाँ बराबरको किट्स सेट उपलब्ध गराउनुका साथै प्रशिक्षण अवधिभरको उनीहरूको‌ स्वास्थ्य विमा गरिने बताइएको छ ।

विशेष प्रशिक्षण अवधिमा खेलाडीको फिटेनेस परिक्षण, स्ट्रेन्थ पावर ट्रेनिङ्ग, डाइट एण्ड न्युट्रेशन कक्षा, उत्प्रेरणात्मक तथा खेल विज्ञान कक्षा, योगा कक्षा, स्वास्थ्य परिक्षण र डोपिङ सम्बन्धि अभिमुखिकरण प्रशिक्षण पनि दिइने बताइएको छ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.