1 year ago
January 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता एपिएफले
होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार तेस्रो खेल जितेको छ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबारको खेलमा एपिएफले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३-० ले हराएको छ ।
एपिएफले २५-१, २५-३,२५- ले सहजै जितेको थियो। पहिलो सेटमा एपिएफले १७ अंक जोडेपछि जावलाखेलले पहिलो अंक बटुलेको थियो। त्यो पनि एपिएफको गल्तिमा जावलाखेले अंक जोडेको हो । एपिएफको यो लगातार तेस्रो जित र जावलाखेलको तेस्रो हार हो ।
९ अंकसहित एपिएफ शीर्षस्थानमा उक्लेको छ। चन्द्रागिरी नगरपालिका महिला भलिबल टिमको न्यु डायमण्न्डको ८ अंक छ । धादिङ स्पोर्टस क्लब, साविक , नेपाल पुलिस क्लबको समान ६ तथा त्रिभुवन आर्मी क्लबको १ अंक छ ।
न्यु डायमण्डले पनि आइतबार लगातार तेस्रो खेल जितेको थियो । न्यु डायमण्डले एन्जल्स हार्ट कलेजलाई २५–१३,२५–८, २५–९ को सोझो सेटले हराएको थियो ।
न्यु डायमन्डले यसअघि पहिलो खेलमा त्रिभुवत आर्मी क्लब र बागमती प्रदेशलाई हराएको थियो । आइतबारको पहिलो खेलमा धादिङले बागमतीलाई २५–८, २५–१३,२५–१२ ले हराएको हो । धादिङको यो दोस्रो जित हो । बागमतीले लगातार तेस्रो खेल गुमाएको छ ।
आज अझै दुई खेल हुनेछन् । विभागिय डर्बीमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेल धादिङ र एन्जल्स हार्टबीच हुनेछ ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।
पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।