default_image

1 year ago

January 28, 2024

न्यु डायमण्डलाई तेस्रो सफलता

1615 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार तेस्रो खेल जितेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता आइतबार दोस्रो खेलमा न्यु डायमण्डले एन्जल्स हार्ट कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । न्यु डायमन्ड २५–१३,२५–८, २५–९ को सोझो सेटमा खेल जितेको हो ।

न्यु डायमन्डले यसअघि पहिलो खेलमा त्रिभुवत आर्मी क्लब र बागमती प्रदेशलाई हराएको थियो । आइतबारको पहिलो खेलमा धादिङ स्पोर्टस क्लबले बागमतीलाई २५–८, २५–१३,२५–१२ ले हराएको हो । धादिङको यो दोस्रो जित हो । बागमतीले लगातार तेस्रो खेल गुमाएको छ ।

आज अझै तीन खेल हुनेछन् । एपिएफले जावलाखे भलिबल टे«निङ क्लबसँग खेल्नेछ । विभागिय डर्बीमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेल धादिङ र एन्जल्स हार्टबीच हुनेछ ।

आर्मीलाई ३–२ ले हराएको न्यु डायमण्न्डको अंकतालिकामा ८ अंक पुगेको छ । धादिङ, साविक विजेता एपिएफ, पुलिसको समान ६ अंक छ भने आर्मी क्लब १ अंक छ । ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.