default_image

1 year ago

January 27, 2024

सूर्य नेपाल इस्टर्न ओपन– शुक्रको टिमलाई प्रो–एमको उपाधि

201 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – नेपाल नम्बर १ प्रो शुक्रबहादुर राई र उनको टिमले आज ७०–पारको धरान गल्फ क्लबमा भएको सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ ।

विजेता टिममा एमेच्योर गल्फरहरू लेफ्टिनेन्ट कर्णेल दिनेश बानियाँ, मिलन याखा र कवि थापासँग शुक्र ड्रमा परेका हुन् । दिनेशले ४०, तथा मिलन र कविले ३९ अंक सहित कुल १ सय १८ को स्कोरमा यो टिमले पहिलो स्थान हासिल गरेको हो ।
प्रो राजेन राई र एमेच्योर श्याम तामाङ, दिवस तुलाधर र सुनिल कार्कीले कुल १ सय १० अंकका साथ दोस्रो स्थान हासिल गर्यो । श्यामले ३९, दिवासले ३६ र सुनिलले ब्याकमा ३५ अंक जोडे ।

प्रो भुवन नगरकोटी तथा एमेच्योर अर्जुन सुनुवार, भटराज गुरुङ र युवराज तामाङ तेस्रो भए । तेस्रो हुने टिमले कुल १०५ अंक बनाएको थियो। १ सय ५ अंक जोड्ने क्रममा तीनैजना एमरच्योर गल्फरले समान ३५/३५ अंक जोडे। महिलातर्फ सुष्मा सिंहले ३४ अंक जोडेर उत्कृष्ट व्यक्तिगत अवार्ड हात पारिन। लङगेष्ट ड्राइभको उपाधि प्राकृत तामाङ र क्लोजेष्ट टु दी पिनको उपाधि मेजर आदित्य प्रताप सिंहले प्राप्त गरे ।

शुक्रवार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनका शीर्ष ६ प्रो गल्फरलाई ड्रमा राखिएको थियो र नेपाल नम्बर १ प्रो शुक्रले शीर्ष तीन टोलीका लागि चिठ्ठा निकालेका थिए । एमेच्योरतर्फ तीन उत्कृष्ट स्कोर गरेका गल्फर पहिलो हुने टोलीमा थिए । यस्तै चौथो, पाँचौं र छैटौं एमेच्योर उपविजेता टोलीमा हुँदा तेस्रो हुने टिममा सातौं, आठौं र नवौं स्थानमा रहेका एमेच्योर गल्फरहरू थिए ।

प्रतियोगितामा कुल ८० एमेच्योर र १६ प्रोको सहभागिता रहेको थियो । विजेताहरुलाई मेजर जनरल आशबहादुर तामाङ, डिआईजी चन्द्रकुमार खापुङ, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयश प्याकुरेल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बुले पुरस्कार वितरण गरे ।

नेपाल नम्बर एक प्रो शुक्रले ५४ होलको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका थिए। उनले समग्रमा ३–अन्डर २ सय ७ को स्कोर खडा गरेका थिए। धरानकै निरज तामाङले समग्रमा २–ओभर २ सय १२ को स्कोरमा दोस्रो र भुवन नगरकोटी ३–ओभर २ सय १३ को नतिजामा तेस्रो स्थान प्राप्त गरेका थिए। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा कुल ३० प्रो र १७ एमेच्योर गल्फरको सहभागिता थियो ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.