default_image

12 months ago

January 27, 2024

एपिएफको अर्को जित

2167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार एपिएफले त्रिभुवन आर्मी क्लबले ३-१ ले हराएको छ।

एपिएफले आर्मीलाई २५-२१, २२-२५,२५-२२ र २५-२२ ले पराजित गरेको हो । एपिएफले लगातार दुई खेल जित्दा आर्मीले दुई हार बेहोरेको छ। पहिलो खेलमा आर्मी चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमसँग पराजित भएको थियो।

शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ। न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ। पहिलो खेलमा नेपाल पुलिस क्लबले एन्जल्स हार्टलाई २५-६, २५-१४ र २५-६ ले हराएको थियो। पुलिसको त्यो दोस्रो जित हो ।

पुलिस र एपिएफको समान ६ अंक छ । न्यु डायमण्डको ५ र आर्मीको १ अंक छ। पहिलो दिन साविक विजेता एपिएफ, पुलिस र  न्यु डायमण्डले जित हासिल गरेको थियो।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  त्रिभुवन आर्मी क्लब,  न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।

पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ ।
ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

January 10, 2025

एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबिच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने एनकेएलको पहिलो सिजन फ्रेन्चाइज अवधारणमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले […]

January 10, 2025

सदभाव शीर्षस्थानमा कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक गल्फर सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शुक्रवार ८-ओभर ८० को निराशाजनक प्रदर्शन गरे। यो स्कोरमा ५४ होलको खेल सकिंदा समग्रमा २-ओभर २१८ सहित चार स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहे। तर उनले ३६ होलको समाप्तिमा बनाएको ८ स्ट्रोकको सानदार अग्रतालाई जोगाउन सकेनन्। सदभावले बंगलादेशका मोहम्मद […]

January 9, 2025

नेपाललाई‌ टिम इभेन्टमा स्वर्ण, सदभावको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]

Success

Thank you for your time.