default_image

11 months ago

January 27, 2024

न्यु डायमण्डसँग बागमतीको हार

809 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ।
न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ।

पहिलो दिन पनि न्यु डायमण्ड विजयी भएको थियो। पहिलो सेट गुमाएको त्यो खेल न्यु डायमण्डले १८-२५, २५-२३,२८-२६,१५-१८ र १५-११ ले जितेको थियो।
आज पहिलो खेलमा नेपाल पुलिस क्लबले एन्जल्स हार्टलाई २५-६, २५-१४ र २५-६ ले हराएको थियो। पुलिसको त्यो दोस्रो जित हो ।

पहिलो दिन साविक विजेता एपिएफ, पुलिस र न्यु डायमण्डले जित हासिल गरेको थियो।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल,  त्रिभुवन आर्मी क्लब,  न्यु डायमण्ड , धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।

पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ ।ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

December 16, 2024

मुवाँथाई र टेबलटेनिसका खेलाडीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]

December 14, 2024

ओलम्पियन संगिना नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]

December 14, 2024

नेपाली हक्की टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]

Success

Thank you for your time.