1 year ago
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) लाई मध्यनजर गर्दै अर्को साताबाट ५ खेलको प्रशिक्षण सुरु गर्ने भएको छ ।
विगतमा भन्दा नेपालको सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यसहित ५ खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गरिने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य–सचिव घिसिङले विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीसंगको छलफलमा पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको तयारी प्रशिक्षण सुरु गर्ने र बाँकी खेलको पनि क्रमैसंग तयारी थाल्ने बताएका हुन् ।
उनले भने, ‘आगामी एसियाली खेलकुदका लागि पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको प्रशिक्षण सुरु गर्छौ । यसो भनिरहँदा अरु खेललाई नजरअन्दाज गर्न पक्कै खोजिएको होइन । बाँकीको पनि क्रमैसंग तयारी थाल्ने छौं ।’
उनले विगतमा हुने छोटो अवधिको प्रशिक्षणको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । उनले थपे, ‘तयारी छोटो गर्ने अनि खेलाडीबाट उत्कृष्ट नतिजा अपेक्षा गर्नु न्यानोचित होइन । २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसाथ तयारी अगाडि बढाउने योजनमा छौं ।’
सो अवसरमा कक्षा ४ देखि विद्यालयमा खेलकुदलाई अनिवार्य विषयका रुपमा समावेश गर्नु पर्ने, प्रतियोगिताका समयमा खेलाडीको परीक्षा जुध्दा वैकल्पिक उपायको खोजीका लागि सम्बन्धित निकायमा पहल गर्ने, प्रतियोगिता सञ्चालन गर्दा विमा अनिवार्य गर्नु पर्ने, राष्ट्रिय खेल संघले सञ्चालन गरेका र आगामी दिनमा सञ्चालन गर्ने विभिन्न गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]