1 year ago
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा अर्को साता छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।
माघ १६ गते सुरु हुने प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला तथा चीनबाट २ महिला खेलाडी सहभागी हुने छन् । बाँकी नेपाली खेलाडी रहेका छन् ।
प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम, पुरुष सिंगल्स भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला सिंगल्स भेट्रान ४० वर्षमाथि तथा यु–१६ ब्वाइज/गल्र्स सिंगल्स गरी ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
कुल ५ लाख ८० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको पुरुष/महिला सिंगल्स र टिममा शीर्ष स्थान हासिल गर्नेले ५० हजार, दोस्रो २५ हजार र तेस्रो हुनेले समान १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २३ लाख ३५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक क्लब, मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. र हस्पिटालिटी पार्टनर नेपाली घर होटल प्रा.लि. बीच त्रिपक्षीय सम्झौता पनि भएको छ ।
आयोजकका अध्यक्ष जोशी, सम्झनाकी निर्देशक रजना जोशी र नेपाली घरका जनरल म्यानेजर राजीव श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार सम्झनाले कुल खर्चको ५० प्रतिशत तथा नेपाली घरले ५ लाख २ हजार रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको छ ।
त्यस्तै इक्विपमेन्ट पार्टनर भारतको स्ट्याग ग्लोबल प्रा.लि. तथा पोशाक पार्टनरमा भ्याली स्पोर्ट्स हाउस, भक्तपुर रहेका छन् । ललितपुर जिल्ला टेबलटेनिस संघले पनि प्रतियोगितामा सहयोग गर्ने जनाइएको छ ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]