default_image

11 months ago

January 20, 2024

टाइगर कप भलिबल उपाधिमा एपिएफको‌ ह्याट्रिक

2369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफले टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको‌ उपाधिमा ह्याट्रिक गरेको छ ।

चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई शनिबार फाइनलमा ३-० ले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा एपिएफले २५-२०,२५-१८,२५-२१ ले खेल जितेको हो।

अघिल्ला ३ संस्करणमा एपिएफले दोस्रो र तेस्रोमा उपाधि जितेको थियो । पहिलो संस्करण अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको थियो । प्रतिभा मालीको कप्तानीमा रहेको न्यु डायमण्ड भने पहिलो पटक फाइनल खेलको हो । महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ तेस्रो भएको थियो ।

आजै हुने पुरुषतर्फको फाइनलमा साविक विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि रक्षाको क्रममा रहेको गण्डकीमा यसपटक ३ भारतीय खेलाडी सम्मिलित छन् ।

पहिलो र तेस्रो संस्करणको च्याम्पियन गण्डकीले सेमिफाइनलमा एपिएफलाई हराएको थियो । दोस्रो संस्कणको उपाधि आर्मी क्लबले जितेको थियो । दोस्रो संस्करणको फाइनल खेलेको हेल्प नेपालले श्रीलंका आर्मीलाई हराउँदै यसपटक फाइनल पुगेको थियो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

December 26, 2024

एनओसीको निर्वाचन रोक्न सर्वोच्चको आदेश

काठमाडौं (हाम्रो खेलकुद)- सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को शनिवारको लागि भएको निर्वाचन गर्न रोक लगाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन गर्न लागेको भन्दै कमल चित्रकारले रिट दायर गरेका थिए ।चित्रकारले दायर गरेको रिटउपर न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । एनओसीको निर्वाचन पुस १३ गते […]

December 26, 2024

निरजले बनाए ७ स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- धरानका प्रो निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन बिहीवार ७ स्ट्रोकको अग्रता बनाएका छन्। समग्रमा १२-अन्डर १२८ को प्रभावशाली स्कोरमा विष्णु प्रसाद शर्मालाई ७ स्ट्रोकले पछि पार्दै निरजले उपाधि जित्ने संभावनालाई मजबुत बनाए। पहिलो दिन ८-अन्डर ६२ को कोर्स रेकर्ड बनाएका निरजले दोस्रो दिन पनि उत्कृष्ट स्कोर कार्ड निकाले। उनले […]

December 25, 2024

सूर्य नेपाल इस्टर्न ओपन – निरजको सानदार प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधवार ८-अन्डर ६२ को प्रभावशाली बोगी रहित स्कोरमा निरज तामाङ शीर्षस्थानमा रहेका छन्। घरेलु प्रो निरजले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। धरान स्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड दर्ज गर्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा […]

Success

Thank you for your time.