default_image

8 months ago

January 20, 2024

टाइगर कप भलिबलको पुरुषतर्फ एपिएफ तेस्रो

1640 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफले पोखरा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ तस्रो स्थान हासिल गरेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार श्रीलंका आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गत वर्षको विजेता एपिएफ तस्रो भएको हो । एपिएफले २५–२३,२५–२१ र २७–२५ ले हराएको थियो । महिलातर्फ शुक्रबार नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब तेस्रो भएको थियो ।

दुबै फाइनल आज

चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज फाइनल हुँदैछ । महिलातर्फ साविक विजेता एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमबीच प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्टस क्लब सामना गर्नेछ ।

अघिल्ला ३ संस्करणमा एपिएफले दोस्रो र तेस्रोमा उपाधि जितेको थियो । पहिलो संस्करण अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको थियो । प्रतिभा मालीको कप्तानीमा रहेको न्यु डायमण्ड भने पहिलो पटक फाइनल खेलको छ । यसपटक न्यु डायमण्डको यात्रा केहि सहज देखिएको थियो ।

एपिएफले भने सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको कडा चुनौतीको सामना गरेको थियो । यद्दपी पुनरागमनका लागि परिचित एपिएपले सुरुवातका दुई सेट गुमाएर पनि ३–२ सेटको जितका साथ फाइनलको यात्रा तय गरेको थियो । न्यु डायमण्डले सेमिफाइनलमा पुलिसलाई ३–० ले सहजै हराएको थियो ।

उपाधि रक्षाको क्रममा रहेको गण्डकीमा यसपटक ३ भारतीय खेलाडी सम्मिलित छन् । पहिलो र तेस्रो संस्करणको च्याम्पियन गण्डकीले सेमिफाइनलमा एपिएफलाई हराएको थियो । दोस्रो संस्कणको उपाधि आर्मी क्लबले जितेको थियो । दोस्रो संस्करणको फाइनल खेलेको हेल्प नेपालले श्रीलंका आर्मीलाई हराउँदै यसपटक फाइनलप पुगेको थियो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.