default_image

1 year ago

January 20, 2024

टाइगर कप भलिबलको फाइनल आज

1354 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज फाइनल हुँदैछ । महिलातर्फ साविक विजेता एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमबीच प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्टस क्लब सामना गर्नेछ ।

अघिल्ला ३ संस्करणमा एपिएफले दोस्रो र तेस्रोमा उपाधि जितेको थियो । पहिलो संस्करण अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको थियो । प्रतिभा मालीको कप्तानीमा रहेको न्यु डायमण्ड भने पहिलो पटक फाइनल खेलको छ । यसपटक न्यु डायमण्डको यात्रा केहि सहज देखिएको थियो ।

एपिएफले भने सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको कडा चुनौतीको सामना गरेको थियो । यद्दपी पुनरागमनका लागि परिचित एपिएपले सुरुवातका दुई सेट गुमाएर पनि ३–२ सेटको जितका साथ फाइनलको यात्रा तय गरेको थियो । न्यु डायमण्डले सेमिफाइनलमा पुलिसलाई ३–० ले सहजै हराएको थियो ।

गत महिला हेटौंडामा केशव स्मृति भलिबलको फाइनलमा पनि एपिएफ र न्यु डायमण्डबीच नै प्रतिस्पर्धा भएको थियो । जसमा एपिएफ च्याम्पियन बनेको थियो ।

उपाधी रक्षाको क्रममा रहेको गण्डकीमा यसपटक ३ भारतीय खेलाडी सम्मिलित छन् । पहिलो र तेस्रो संस्करणको च्याम्पियन गण्डकीले सेमिफाइनलमा एपिएफलाई हराएको थियो । दोस्रो संस्कणको उपाधि आर्मी क्लबले जितेको थियो । दोस्रो संस्करणको फाइनल खेलेको हेल्प नेपालले श्रीलंका आर्मीलाई हराउँदै यसपटक फाइनलप पुगेको थियो ।

महिलातर्फ पुलिसलाई हराउँदै आर्मी तेस्रो भइसकेको छ । पुरुषतर्फ एपिएफ र श्रीलंका आर्मीले प्रतिस्पर्धा गर्दैछन् । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.