default_image

8 months ago

January 19, 2024

पूर्व कप्तान शाहसहित ३ जना भलिबल संघको उपाध्यक्ष मनोनित

2429 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरतबहादुर शाहसहित ३ जनालाई संघको उपाध्यक्षमा मनोनयन गरेको छ ।

पोखरामा शुक्रबार बसेको संघको सातौं पूर्ण बैठकले शाहसहित युवराज श्रेष्ठ, श्रीराम बोगटीलाई उपाध्यक्षमा मनोनय गरेको हो
त्यस्तै ६ जनालाई सदस्यमा मनोनय गरेको छ । जसमा किशोर आचार्य, छ्यामबहादुर थापा, शैलेन्द्र्र शार्म, डम्बरबहादुर लिम्बु, रामशंकर चौधरी र निलम बज्राचार्य छन् ।

गत वर्ष संघको नयाँ कार्यसमिति चयन भएको थियो । सोही बैठकले पूर्व कप्तान रेशमबहादुर गुरुङ सल्लाहकार मनोनित गरेको भलिबल संघका एक पदाधिकारीले जानकारी दिए ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.