1 year ago
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु टोली गण्डकी प्रदेश चौथो टाइगर कप भलिबलको पुरुषतर्फ फाइनल पुगेको छ।
उपाधि रक्षाका लागि अघि बढ्ने क्रममा गण्डकीले एपिएफलाई ३-० को सोझो सेटमा हराएको हो ।
पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा शुक्रबार गण्डकीले एपिएफलाई २५-१७,२५-२० र २५-२२ ले हरायो । गण्डकी ३ भारतीय खेलाडी लिएर उत्रेको थियो।
गण्डकीले फाइनलमा हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ। शुक्रबार नै उत्कृष्ट पुनरागमन गर्ने क्रममा हेल्प नेपालले श्रीलंका आर्मी टिमलाई ३-१ ले हराएको थियो।
पहिलो सेट १८-२५ले गुमाएको हेल्प नेपालले त्यसपछि २५-१४,२५-१८ र २६-२४ को जित निकाल्दै फाइनल पुग्ने पहिलो टोलीले बनेको थियो।
त्यसअघि त्रिभुवन आर्मी क्लबले टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको थियो ।
नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।
पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने १८–२५ ले गुमाएको थियो । त्यसपछि तेस्रोमा २५–२० र चौथोमा २५–१९ को जित निकाल्दै आर्मीले तेस्रो स्थान प्राप्त गरेको हो ।
दुबैतर्फको फाइनल भने शनिबार हुनेछ । महिलातर्फको फाइनलमा साविक विजेता एपिएफ र चन्द्रागिरी नगपालिका न्यु डायमण्ड महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले दुई पटक उपाधि जितिसकको छ भने न्यु डायमण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।