default_image

1 year ago

January 17, 2024

न्यु डायमण्डको जितले आर्मी पनि सेमिफाइनलमा

2327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  चन्द्रागिरी नगरपालिका न्यु डायमण्डको जितपछि त्रिभुवन आर्मी क्लब चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको‌ सेमिफाइनलमा पुगेको छ ।

पोखरामा रंगशालाको हातामा रहेको भलिबल कोर्टमा न्यु डायमण्डले बुधबार भारतको हरियाणा पुलिस टिमलाई ३-० ले हराउँदै समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो। आर्मी २ अंकका साथ उपविजेताका रुपमा अन्तिम चारमा पुगेको थियो।

न्यु डायमण्ड २५-१७,२५-१८ र २५-१६ ले विजयी भएको थियो। अब सेमिफाइनलमा एपिएफ र आर्मी तथा न्यु डायमण्ड र नेपालमा पुलिस क्लबबीच हुनेछ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम छन् । गण्डकी र हरियाणा प्रतियोगिताबाट बाहिरिएका छन् ।

आज पुरुषतर्फ दुई खेल हुनेछ । पुलिस र श्रीलंका आर्मी टिमबीच १२:३० बजे र घरेलु टोली गण्डकी र हेल्प नेपालबीच २:३० बजे खेल सुरु हुनेछ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.