1 year ago
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि रक्षाको बाटोमा एक कदम अगाडि बढेको छ ।
गण्डकी प्रदेशलाई बुधबार ३-० को सोझो सेटमा हराउँदै एपिएफ समूह एको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
पोखरा रंगशाला हाता भित्रको भलिबल कोर्टमा भएको खेलमा सहज जित हासिल गर्ने क्रममा एपिएफले गण्डकीलाई २५-१६,२५-९ र २५-१७ ले हराएको थियो। मंगलबार गण्डकीलाई ३-० हराउँदै नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा पुगिसकेको थियो।
एपिएफ ५ अंकसहित विजेता, ४ अंक उपविजेता हुँदा गण्डकी अंक विहिन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
समूह ‘बी’बाट चन्द्रागिरी नगरपालिका महिला टिम सेमिफाइनलमा पुगिसकेको छ । न्यु डायमण्ड र भारतको हरियाणा पुलिस टिमबीच आज हुने खेलपछि समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लागेको छ ।
पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम छन् ।
आज पुरुषतर्फ दुई खेल हुनेछ । पुलिस र श्रीलंका आर्मी टिमबीच १२:३० बजे र घरेलु टोली गण्डकी र हेल्प नेपालबीच २:३० बजे खेल सुरु हुनेछ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।