default_image

8 months ago

January 16, 2024

श्रीलंका आर्मीसँग एपिएफको हार

2569 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका आर्मी टिमले चौथो टाइगर कप भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको‌ छ ।

पोखरामा‌ जारी प्रतियोगितामा मंगलबार श्रीलंकन टोलीले एपिएफ क्लबलाई ३-१ को‌ सेटमा हराउँदै जितबाट यात्रा सुरू गरेको हो ।

पहिलो दिन समूह बीमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको थियो। समूह को अन्तिम खेलपछि मात्र सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लाग्नेछ । पहिलो सेट २३-२५ ले जितेको एपिएफले त्यसपछिको सेट २५-१९,२५-२१,२५- १३ ले गुमाएको थियो।

पुलिस र श्रीलंकन टोलीबीच बुधबार खेल हुनेछ। सेमिफाइनल सम्भावनालाई जीवित राख्न पुलिसले सोझो सेटमा पराजित गर्नु पर्नेछ । अन्यथा टोली प्रतियोगिताबाट बाहिरिने छ ।

आज समूह ए को‌खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ। पहिलो दिन खराब प्रकाशका‌ कारण आर्मी र गण्डकी प्रदेशको खेल स्थगित भएको थियो।

महिलातर्फ आज भएको खेलमा एपिएफले गण्डकीलाई ३-० ले र आर्मीके भारतको हरियाणा पुलिस टिमलाई ३-२ ले हराएको थियो। समूह ए बाट पुलिस र बीबाट चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम सेमिफाइनल पुगिसकेका छन् ।

महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् ।

समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४-४ खेल हुनेछन् । तेस्रो स्थान र फाइनलको दिन भने २-२ खेल हुनेछ ।

महिला र पुरुष दुबैतर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.