default_image

1 year ago

January 15, 2024

खेल स्थगितपछि टाइगर कपको खेलतालिका प्रभावित, एपिएफलाई दोहोरो सफलता

5205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा सोमबार सुरु भएको चौथो टाइगर कप भलिबल प्रतियोगिता पहिलो दिन ४ खेलसहित उद्घाटन समारोह समेत तय थियो ।

खेल तालिका अनुसार पहिलो दिनको अन्तिम खेल पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच तय थियो । तर, यी दुई टोलीबीचको तेस्रो सेट भन्दा सम्भव हुन सकेन ।

खेलका लागि पर्याप्त प्रकाश नभएका कारण खेल रोक्नु परेको थियो । खेलका मुख्य रेफ्री पूर्ण चौलागाईले गण्डकी र आर्मीका कप्तानसँगको सहमति पछि खेल स्थगित गरेको प्रतियोगिताका रेफ्री संयोजक टहलसिंह थापा मगरले जानकारी दिए । समूह चरणमा पूर्व निर्धारित खेल तालिका अनुसार नै खेल अघि बढ्ने र त्यसपछि स्थगित खेल हुने संयोजक मगरले बताए ।

जसका कारण खेल पूर्व निर्धारित दिन भन्दा लम्बिने सम्भावना देखिएको छ । खेल तालिका अनुसार पुरुषतर्फको अन्तिम खेल माघ ४ गते गण्डकी र हेल्प नेपाल स्पोर्टस क्लबबीच तय छ । त्यस कारणपनि आर्मी र गण्डकीबीचको त्यो दिन सम्भव देखिन्न ।
प्रतिस्पर्धी टोलीलाई कम्तीमा २४ घन्टाको आराम दिनुपर्ने संयोजक मगरले बताए । त्यस्तो अवस्थामा आर्मी र गण्डकीको खेल माघ ५ गते हुने अवस्थामा स्वतः सेमिफाइनल र फाइनलको खेल सर्ने सम्भावना छ । यद्दपी आयोजक टाइगर ग्र्रुप अफ पोखरा नेपालले निर्णय सार्वजनिक गरिसकेको छैन ।

बिहान ८ः३० बजेका लागि तय साविक विजेता र नेपाल पुलिस क्लबबीचको खेल समयमा सुरु हुन सकेन । म्याटमा परेको शीत सुकाउँदा समय लागेकोले निर्धारित समयमा खेल सुरु हुन नसकेको संयोजक मगरले बताए । जसका कारण त्यसपछि महिलातर्फो अर्को खेल र पुरुषतर्फका २ खेलको निर्धारत समयमा सुरु हुन सकेन ।

दोस्रो खेल बिहान १०ः३० बजे, तेस्रो खेल दिउँसो १२ः३० बजे र अन्तिम खेल २ः३० बजे सुरु हुनुपर्ने थियो । अन्तिम खेल अघि उद्घाटन समारोह राखिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनपछि अन्तिम खेल सुरु हुँदा दिउँसो ४ः०० बजिसकेको थियो । तीब्र प्रतिस्पर्धात्मक खेल ३ सेट भन्दा अघि सम्भव हुन सकेन । त्यति बेला सम्म साँझ परिसकेको थियो ।

दिनको अन्तिम खेलमा २–१ ले गण्डकी अगाडि रहँदा खेल स्थगित भएको थियो । पहिलो सेट आर्मीले जितेको थियो भने त्यसपछि लगातार दुई सेट गण्डकीले जितेको थियो । गण्डकी २५–२७,२५–२०, २५–१८ ले अगाडि रहेको अवस्थामा खेल स्थगित भएको थियो ।

एपिएफको सुखद सुरुवात

एपिएफले पहिलो दिन दोहोरो जित निकालेको छ । एपिएफले महिला र पुरुष दुबैतर्फ जित निकाल्ने क्रममा दुबैमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

महिलातर्फ साविक विजेता रहेको एपिएफले ३–२ ले खेल जितेको थियो । एपिएफले सुरुवाती २ सेटमा जितेर बलियो स्थितिमा पुगेको थियो । त्यसपछि लगातार २ सेट गुमाउँदा खेल पाँचौ सेटमा पुगेको थियो । पाँचौ सेटमा १५–१३ को अन्तरमा जित हासिल गर्दै एपिएफले २ अंक जोड्दा पराजित पुलिसले १ अंक प्राप्त गर्यो ।

दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड महिला टिमले ३–१ को जित दर्ता गर्दै समूहमा ३ अंक जोडेको छ । रिमा कुँवरसँगै कप्तान प्रतिभा माली र युवा स्पाइकर सलिना बुढा मगरले उच्च प्रदर्शन गर्दा डायमन्डको जित सम्भव भएको थियो ।

पुरुषतर्फ एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा हराएको थियो । एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पुस २६ गते भएको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ ।

फाइल तस्वीर

खेलको पहिलो सेट एपिएफले २५–१९ को अन्तरले जितेको थियो । दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै खेल बराबरी गर्ने संकेत देखाएको थियो । तर २४–२० को अग्रतामा रहेपनि पुलिसले अग्रता सदुपयोग गर्न नसक्दा ३३–३१ को अन्तरमा दोस्रो सेट एपिएफको पक्षमा गयो । एपिएफले तेस्रो सेट २५–१७ ले जित्दै प्रतियोगितामा पूरा ३ अंक जोड्दै प्रतियोगिताको सुरुवात गर्यो ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम छन् ।

लिग कम नकआउटपछि समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । दोस्रो दिन मंगलबार बिहान ८ः३० बजे घरेलु टोली गण्डकी र पुलिस तथा १०ः३० बजे आर्मी र भारतको हरियाणा पुलिस क्लबबीच हुनेछ । दिनको तेस्रो खेल दिउँसो १२ः३० बजे एपिएफ र श्रीलंका आमीृ टिम तथा अन्तिम खेल २ः३० बजे आर्मी र हेल्प नेपालबीच हुनेछ ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.