1 year ago
January 15, 2024
पोखरा (हाम्रा खेलकुद) – पुरुर्षतर्फको साविक विजेता गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको बीच चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको समूह चरणको खेल खराब प्रकाशका कारण स्थगित भएको छ ।
सोमबार पहिलो दिनको अन्तिम खेलमा २–१ ले गण्डकी अगाडि रहँदा खेलका लागि पर्याप्त प्रकाश नभएका कारण स्थगित भएको थियो । पहिलो सेट आर्मीले जितेको थियो भने त्यसपछि लगातार दुई सेट गण्डकीले जितेको थियो ।
गण्डकी २५–२७,२५–२०, २५–१८ ले अगाडि रहेको अवस्थामा खेल स्थगित भएको थियो । स्थगित खेल लिगको अन्तिम दिने हुने र अन्य खेल तालिका अनुसार हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ ।
पहिलो दिन महिलातर्फ साविक विजेता एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम समान विजयी भएका थिए । पुरुषतर्फको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० ले हराएको थियो ।
पुरुषतर्फ पहिलो दिनको पहिलो खेलमा एपिएफ ३-० ले विजयी हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईएको छ ।-सम्पादक
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।