default_image

8 months ago

January 14, 2024

टाइगर कप भलिबल- पुलिस र एपिएफ ४ दिनपछि नै भिड्दै

3259 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– महिलातर्फको साविक विजेता एपिएफ र नेपाल पुलिस क्लबबीच खेलसँगै चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल क्लब च्याम्पियनसिप सोमबार सुरु हुँदैछ । खेल बिहान ८ः३० बजे सुरु हुनेछ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आइतबार पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजिक गरेको छ । महिला र पुरुषतर्फ समान ६ टोली सहभागी छन् । दुबैतर्फ समान ३ टोलीले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश रहेको छ । त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम रहेको छ । पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब रहेका छन् । एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम छन् ।

लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४ खेल हुनेछन् । पहिलो दिन महिलातर्फको दोस्रो खेलमा आर्मी र न्यु डायमण्ड आमनेसामने हुनेछन् । पुरुषतर्फ पहिलो दिन १२ः३० बजे एपिएफ र पुलिस तथा अर्को खेल गण्डकी र आर्मीबीच हुनेछ ।

पुलिस र एपिएफ तथा गण्डकी र आर्मीबीच ४ दिनपछि दोस्रो पटक प्रतिस्पर्धा हुनेछ । पुस २६ गते कर्णालीको सुर्खेतमा सम्पन्न ३४ औं राष्ट्रिय पुरुष भलिबलको फाइलनमा पुलिसले एपिएफलाई ३–१ ले हराएको थियो । सोही दिन तेस्रो स्थानको प्रतिस्पर्धामा गण्डकीले आर्मीलाई ३–१ ले नै हराएको थियो । टाइगर कपको अन्तिम दुई दिन समान २ खेल हुनेछन् । दुबैतर्फको तेस्रो स्थानको खेल माघ ५ गते र फाइनल माघ ६ गते हुनेछ ।

प्रतियोगिताका लागि सबै तयारी पूरा भएको पत्रकार सम्मेलनमा आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । सहभागी सबै टोलीले पोखरा आइसकेका जानकारी दिदै अध्यक्ष शर्माले पोखरा रंगशाला हाता भित्रको भलिबल ट्रेनिङ सेन्टरमा करिव १० हजार दर्शक क्षमताको प्यारापिट तयार पारिएको छ ।

दुबैतर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५ , दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.