10 months ago
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपलाई होङवाङ्जीले मुख्य प्रायोजन गरेको छ।
होङवाङ्जी मुख्य र रेडबुल सह प्रायोजकका रुपमा प्रतियोगितामा आबद्ध भएको शनिबार पत्रकार सम्मेलनमार्फत आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए।
होङवाङ्जीका कन्ट्री डाइरेक्टर सोनम भुटिया र ढोरपाटनका अध्यक्ष छन्त्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। ३ वर्षका लागि होङवाङ्जीले मुख्य प्रायोजन गर्ने सहमति भएको अध्यक्ष छन्त्यालले बताए ।
अब प्रतियोगिताको नाम १६औं ढोरपाटन होङवाङ्जी कप महिला भलिबल लिग रहने बताइएको छ। ढोरपाटनको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
आयोजकले काठमाडौंको टोलीलाई खाजा र उपत्यका बाहिरको टोलीलाई आवाससहितको सुविधा दिने बताइएको छ। विष्णु छन्त्याल र कोपिला छन्त्यालले सोही अवसरमा प्रतियोगिताको लागि भलिबल नेट हस्तान्तरण गरे।
गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा हुने ढोरपाटन लिगमा ३ विभागिय टोली एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबसहित चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम, एन्जलहार्ट, जावलाखेल युथ क्लब , धादिङ स्पोर्टस क्लब तथा परोपकार वा काठमाडौं जिल्ला भलिबल संघको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ र एक्सटेपको जुत्ता प्राप्त गर्नेछन्। चिरायु अस्पताल मेडिकल पार्टनर रहेको प्रतियोगिताको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगिता आयोजनमा ५१ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।
कार्यक्रममा राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान रेशमबहादुर गुरुङ, प्रकाश थपलिया, पूर्व खेलाडी मीनध्वज खड्काले प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका थिए।
October 29, 2024
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]
October 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि अनिषा थारु आयुष केसीले जितेका छन् । निर्धारित दूरी छात्रातर्फ अनिषाले २५ मिनेट २१.०५ सेकेन्ड र छात्रातर्फ आयुषले १९ मिनेट २३ सेकेन्डमा पूरा गरे । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीवार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले […]