1 year ago
January 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरीका सत्यम कार्की योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन यु– १३ को अन्तिम ८ मा प्रवेश गरेका छन् ।
शुक्रबार भएको यु – १३ एकल तर्फको खेलमा रिजनले अन्तराष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१–१३र २१–८ ले र सत्यमले कास्कीका अमित थपालाई २१–१२, २१–१३ ले पराजित गर्दै क्वाटरफाइलनको यात्रा तय गरेको थियो।
योनेक्सको नेपालका लागि आधिकारिक बिक्रेता इनासको आयोजनामा भएको प्रतियोगितामा स्र्पोट्स हवका सदीप राई, एपिएफका आरुष सिमखडा, तनहुका सफल भुजेल, कैलालीका रियान्स चौधरी, आर्मीका सुदेश राजकोटी र पुलिस स्कुलका प्रनिश कार्की पनि अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।
सदीपले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–१९, २१–५, आरुषले कैलालीका आदित्य चौधरीलाई २१–१५, २१–१६, सफलले कपिलबस्तुका राज घिमिरेलाई २१–७, २१–१४, रियान्सले आर्मीका दीप थिङ्गलाई २१–१३, २१–१४, सुदेशले महाबौद्ध क्लबका आरभ शाक्यलाई २१–५, २१–७ ले र प्रनिशले प्रिन्स थापा मगरबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]