1 year ago
January 11, 2024
ललितपुर (हाम्रो खेलकुद) – छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको लिग चरणसम्मको खेल समाप्तिसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ, भक्तपुर जिल्ला बुद्धिचाल संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा प्रवेश गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगितामा बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा रोचक प्रतिस्पर्धा हुन पुगेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेल पस्किरहेको दोलखा चेस होम नेपालमाथि कोशी प्रदेश संघले रोमाञ्चक जित निकालेको थियो । जसमा वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले प्रकाश चन्द्र नेपाललाई हराएका थिए ।
सुश्रुत दहाल र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकियो भने मुहान नर्सिङ मिसन दहालसँग हारे । यस्तै वर्तमान महिलातर्फको नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी कृतिसरा अधिकारीसँग मात खान पुगिन् । जसले गर्दा कोशीदोलखासँगै नकआउट चरण्मा प्रवेश गर्न सफल भयो ।
भक्तपुर चेस संघले नकआउट चरणमा प्रवेश गर्ने क्रममा थापाथली पार्क चेस क्लबमाथि २.५ – १.५ को कठिन जित हासिल गर्यो । जसमा युवा खेलाडी पुरुषोत्तम सिलवाल र क्षितज भण्डारीबीचको खेल बराबरीमा सकियो ।
विक्रम चोकामी सुसिल चौधरीसँग हारे भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुप जंग शाहमाथि जित दर्ता गर्दै टिमलाई नकआउट चरणमा प्रवेश गराउन महत्वपूर्ण खेल पस्किए ।
मकवानपुर चेस संघ र आयोजक ललितपुर स्पोर्ट्स क्लबबीचको खेलमा जित्ने टोली नकआउट चरणमा प्रवेश गर्ने थियो । सो खेलमा सिएम कृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमसहित तीन खेलाडीले महत्वपूर्ण जित हासिल गर्दै ३-१ को अनुपातमा टिमलाई जितको स्वाद दिलाए भने सुदेन टुईटुई रिसोन थापासँग पराजित हुँदा पनि टिमलाई कुनै असर परेन ।
तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको मुख्य आकर्षण सातौं चरणसम्मको लिग खेल पश्चात् चार टिमले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
जसमा दोलखा चेस होम, कोशी प्रदेश संघ, भक्तपुर जिल्ला संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ समान १०/१० अंकसहित नकआउट चरणमा पुगेका हुन् । आयोजक ललितपुर स्पोर्ट्स क्लब र पूर्व च्याम्पियन थापाथली पार्क चेस क्लब भने आशा गरे अनुरुप परिणाम निकाल्न असमर्थ रहे ।
यसअघि आज नै भएको छैटौं चारणको खेलमा दोलखाले मकवानपुरमाथि २.५-१.५ को जित हात पार्दा एफएम रुपेश जैसवाल र सुश्रुत दहाल द्वयको जित र मुहान नर्सिङले बराबरी खेली टिमलाई नकआउट चरणमा पुर्याएका थिए ।
त्यस्तै आयेजक ललितपुर स्पोर्ट्स क्लबले थापाथली चेस पार्कसँग टिमले बराबरी खेल्दा राजन सुवेदी र क्षितिज भण्डारीबीचको खेल बराबरी, सुसिल चौधरीले सुरोज महर्जनलाई पराजित गरे ।
रिसोन थापाले सेम सुब्बालाई हराएका थिए भने आयुष देमन रौरा र अनुप जंग शाहबीचको खेल बराबरीमा सकिएको थियो । कोशी र दोलखा जिल्ला चेस संघबीचको टिम खेल २-२ को बराबरीमा टुंगिएको थियो । भक्तपुर जिल्ला संघले लुम्बिनी इभेन्ट म्यानेज्मेन्टमाथि ३-१ ले जित हात पारेको थियो ।
राष्ट्रिय स्तरका उत्कृट १९ क्लबको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार २ लाख, दोस्रो टोलीले १ लाख २० हजार, तेस्रो टोलीले ६० हजार र चौथोले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
ललितपुरस्थित तुल्सीलाल स्मृती प्रतिष्ठामा जारी प्रतियोगितामा शुक्रबार पहिलो र दिउँसो दोश्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको कूल पुरस्कार राशी ४ लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको छ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]