default_image

9 months ago

January 10, 2024

आर्मीविरुद्ध सानदार जित निकाल्दै पुलिस फाइनलमा

5546 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)-  नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३-० ले हराँउदै पुलिस उपाधिको नजिक पुगेको हो । पुलिसले बिहीबार हुने फाइनलमा साविक विजेता एपिएफ को सामना गर्नेछ।

विभागिय डर्बीमा पुलिसले आर्मीमाथि २५-२१, २५-२३ र २५-१९ ले हराएको थियो। यो सँगै पुलिसले १० दिन अघि बाग्लुङ गल्कोटमा बुकी कपको फाइनलमा भोगेको हारको बदला लिएको छ । त्यो फाइनलमा आर्मीले पुलिसलाई २७–२५, २२–२५, २१–२५, २७-२५ र १५-६ ले हराएको थियो।

पहिलो सेटमा १८-१२ को पुलिसको‌ फराकिलो अग्रता बनाउँदै खेलमा पकड बनाइएको थियो। त्यसपछि एक‌ समय २२-१९ को अवस्था आएपनि कम्तीमा ३ अंकको अग्रतालाई‌ भने पुलिसले अधिकांश कायम गर्न सफल रह्यो।

सुरुवातमा केहिपछि परेपनि खेलमा सुधार पुलिसले दोस्रो सेट आफ्नो पक्षमा पारेको थियो। ७-५ ले पुलिस पछि परेको खेलमा एक पटक ८-८, को त्यसपछि १६-१६ र अर्को पटक १९-१९ को बराबरी पनि पुगेको थियो। त्यसपछि भने पुलिसले अग्रता बनाएको थियो।

त्यसपछि पुलिसले लगातार अंक जोडे २३-१९ बनायो ।  खेलमा फर्कने क्रममा आर्मीले २४-२२ को अवस्था पुर्यायो। त्यसपछि १‍‍-१ अंक जोडेपनि अन्तिममा २ अंक बटुल्दै पुलिसले सेट जितेको थियो।

तेस्रो सेटमा ४-४ को बराबरीबाट लगातार ९ अंक जोड्दै अघि बढेको पुलिसले सहजै आफ्नो पक्षमा पारेको थियो। त्यसपछि पुलिसले ५ अंकको अन्तरलाई अन्तिम सम्म कायम राखेको थियो।

त्यसअघि पहिलो सेमिफाइनलमा एपिएफले गण्डकीलाई २५-२३,२५-२० र २५-१५ ले पराजित गरेको थियो। पहिलो सेटमा एक‌ समय १०-९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन सकेन । यद्दपी टोलीले सेटको अन्त्यतिर कडा चुनौती पेश गरेको थियो।

दोस्रो सेटमा पनि गण्डकीले १०-७ को अग्रतालाई जोगाउन सकेन । एपिएफले लगातार ३ अंक जोड्दै १०-१० को बराबरी गरेको थियो। त्यसपछि सेटमा एपिएफले पकड बनाउँदै लगेको थियो। रेफ्रीको‌ निर्णयप्रति भने गण्डकीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले आपत्ति जनाएका थिए।

तेस्रो सेटको सुरु मै एपिएफका लिबेरो चोटका कारण कोर्ट छाडेका थिए। बल रिसिभ गर्ने क्रममा विनोदले बायाँ तिघ्राको पछाडि भागमा असहज महसुस गरेका थिए। विनोद विना पनि एपिएफले खेलमा पकड बनाउँदै सेट जितेर अन्तिम दुईमा स्थान‌ बनाएको थियो।

अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो। त्रिभुवन आर्मी क्लब  विजेता रहेको समूह ‘बी’ बाट उपविजेताका रुपमा गण्डकी अन्तिम ४ मा पुगेको थियो। समूह ए बाट दोस्रो हुँदै पुलिस सेमिफाइनल पुगेको थियो।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको
समूह चरण एउटैमा रहेका एपिएफ र पुलिसबीच बिहीबार फाइनल र आर्मी र गण्डकीबीच तेस्रो स्थानको‌ खेल हुनेछ।

गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो।

October 17, 2024

राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । त्यस्तै टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टोली व्यस्थापकमा राज महर्जन नियुक्त भएका छन् । सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि महासचिव राईले नियुक्तिपत्र […]

October 13, 2024

नेपाली युवा भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा भएको काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली युवा टोली आइतवार स्वदेश फर्केको छ। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए। कोलम्बोमा शनिवार भएको च्याम्पियनसिप फाइनलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल दोस्रो भएको हो ।पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर […]

October 12, 2024

काभा यु २० भलिबल – नेपाली टोली दोस्रो

काठमाडौं(हाम्रो खेलकुद) –नेपाली युवा टोली काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित हुँदै नेपाल दोस्रो भएको हो । पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर प्रदर्शन गरेको थियो। उज्वेकिस्तानले नेपाललाई २५-२७,२५-१०,२५-२५-२० ले हराउँदै च्याम्पियन बनेको हो। नेपालले लिग चरणमा उज्वेकिस्तान र किर्गिजस्तानसँग पराजित भएको […]

Success

Thank you for your time.