default_image

8 months ago

January 10, 2024

गण्डकीलाई हराउँदै साविक विजेता एपिएफ फाइनलमा

4934 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)-  साविक विजेता एपिएफ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० ले हराँउदै एपिएफ उपाधि रक्षाको नजिक पुगेको हो । एपिएफले गण्डकीलाई २५-२३,२५-२० र २५-१५ ले पराजित गरेको थियो।

पहिलो सेटमा एक‌ समय १०-९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन सकेन । यद्दपी टोलीले सेटको अन्त्यतिर कडा चुनौती पेश गरेको थियो।

दोस्रो सेटमा पनि गण्डकीले १०-७ को अग्रतालाई जोगाउन सकेन । एपिएफले लगातार ३ अंक जोड्दै १०-१० को बराबरी गरेको थियो। त्यसपछि सेटमा एपिएफले पकड बनाउँदै लगेको थियो। रेफ्रीको‌ निर्णयप्रति भने गण्डकीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले आपत्ति जनाएका थिए।

तेस्रो सेटको सुरु मै एपिएफका लिबेरो चोटका कारण कोर्ट छाडेका थिए। बल रिसिभ गर्ने क्रममा विनोदले बायाँ तिघ्राको पछाडि भागमा असहज महसुस गरेका थिए। विनोद विना पनि एपिएफले खेलमा पकड बनाउँदै सेट जितेर अन्तिम दुईमा स्थान‌ बनाएको थियो।

अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो। त्रिभुवन आर्मी क्लब विजेता रहेको समूह ‘बी’ बाट उपविजेताका रुपमा गण्डकी अन्तिम ४ मा पुगेको थियो।

समूह ए बाट दोस्रो हुँदै अर्को विभागिय टोली नेपाल पुलिस क्लब सेमिफाइनल पुगेको थियो। आजै आर्मी र पुलिसबीच दोस्रो सेमिफाइनल हुनेछ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।

गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो।


September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.