default_image

8 months ago

January 9, 2024

रुपन्देही प्रहरीलाई मैत्रीपूर्ण फुटसलको उपाधि

272 views

0 Bookmark

भैरहवा (हाम्रो खेलकुद)– लुम्बिनी प्रेस क्लब, रुपन्देहीको नवौं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोली जितेको छ ।


सिद्धार्थनगर–१३ स्थित फुटसल मैदानमा मंगलबार भएको प्रहरीको टोलीले आयोजक लुम्बिनी प्रेस क्लबलाई ४–३ ले हराउँदै उपाधि जितेको हो । निर्धारित ३० मिनेटको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेलेपछि निर्णयको लागि ५ मिनेट थपिएको थियो । थपिएको समयको चौथो मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै टोलीलाई सफलता दिलाए ।

यसअघि खेल सुरु भएको १४औं मिनेटमा प्रहरीका राजेश बस्नेतको आत्मघाती लुम्बिनी प्रेसले अग्रता लिएको थियो । २०औं मिनेटमा प्रेसका जयकेश हरिजनले गोल गर्दै अग्रता २–० बनाए । २५औं मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै गोल अन्तर २–१ मा ल्याए ।

२६औं मिनेटमा प्रेस क्लबका जयकेशले गोल गरे । खेल सकिन केही मिनेट बाँकी रहँदा प्रेस क्लबले धैर्यता गुमाउँदा प्रहरीले आकर्षक खेल पस्कियो । २८औं मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै गोलअन्तरलाई ३–२ बनाए । २९ औं मिनेटमा प्रहरीका किशोर केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याउ । थप समयमा प्रहरी टिम प्रेस क्लबमाथि हाबी भयो ।

त्यसअघि जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीलाई ५–१ अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । प्रहरीका लागि भरत बिक, किशोर केसी, राजेश बस्नेत, कौशल न्यौपाने र गोकुल कट्टेलले गोल गरेका थिए । प्रहरीका कप्तान समेत रहेका जिल्ला प्रहरी प्रमुख भरत बिकले एक गोल आत्मघाती गर्दा जिल्ला प्रशासनको टिमलाई गोल उपहार भएको थियो ।

त्यस्तै, अर्को खेलमा लुम्बिनी प्रेसले सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देहीलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । प्रेस क्लबका लागि दीपेन्द्र बडुवाल र जयकेश हरिजनले समान २ गोल र प्रकाश न्यौपानेले १ गोल गरेका थिए । सशस्त्रको टिमका लागि किशोर श्रेष्ठ, अस्विनी गुरुङ र देवराज मल्लले समान १ गोल गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, लुम्बिनी प्रेस क्लवका कार्यवाहक अध्यक्ष कमल रायमाझी लगायत विजेता र दोस्रो हुने टोलीलाई पुरस्कृत गरे । प्रेस क्लब आफ्नो स्थापना दिवसको अवसरमा फुटसलसँगै भैरहवा–लुम्बिनी बौद्ध संचार यात्रा र कर्पोरेट क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.