1 year ago
January 9, 2024
ललितपुर (हाम्रो खेलकुद) – छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेश्रो चरण खेल सकिदासम्म आयोजक ललितपुर स्पोर्ट्स क्लब र दोलखा चेस शोम समान ६ अंक सहित शीर्ष स्थान रहेका छन् ।
आयोजक क्लबका दौरान क्लबका राजन सुवेदीले सिएम मिलन लामालाई, रिसोन थापाले कुशल बेलबासेलाई र आयुष देमन रौराले रिया श्रेष्ठलाई हराएका छन् । सरोज महर्जन खेल स्थलमा डिभाइस साथमा राखेर खेल्दा अयोग्य घोषित भई अंक गुमाउन पुगे ।
दोलखा चेस होमका डब्लुएफएम सुजना लोहनीले अभिक शाहमाथि जित दर्ता गरिन् । वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र पुरुषोतम सिलवाल, मुहान नर्सिङ श्रेष्ठ र स्वर्णिम दुवाल, सुश्रुत दहाल र राजेश कक्षपति बीचको खेल बराबरीमा टुंगिएको छ ।
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा जारी प्रतियोगितामा पूर्व टिम च्याम्पियन थापाथली पार्क चेस क्लबले दोखला जिल्ला बुद्धिचाल संघलाई २.५–१.५ ले हरायो ।
पार्क टिमले ५ अंक बनाएका छन्। यसैगरी ललितपुर महानगरपालिका चेस टिमले कास्की जिल्ला बुद्धिचाल संघमाथि २.५ – १.५ ले जित दर्ता गरे । जसमा ललितपुरका जनार्दन श्रेष्ठले महेश्वर अधिकारीलाई, पुनम प्रसाईले अनिज पोखरेललाई पराजित गरे भने आर्य मुकारुङ र आश्चर्य चौधरीसँग बराबरी गर्दै ललितपुर टिमलाई महत्वपूर्ण जित दिलाए । कमल श्रेष्ठ भने सागल शाईसँग पराजित हुन पुगे ।
त्यस्तै अर्को खेलमा मकवानपुर जिल्ला बुद्धिचाल संघले कास्की जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दा सिएम श्रृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमले जित हात पारेका छन् । सुदेन टुईटुई अरिज पोखरेलसँग पराजित हुन पुगे ।
उता मख्खन चेस क्लब काठमाडौंले ललितपुर जिल्ला बुद्धिचाल संघलाई .५ अंकविरुद्ध ३.५ ले पराजित गर्दै महत्वपूर्ण २ अंक जोड्न सफल भएका छन् । ३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले कृष्णमान महर्जनलाई, शतिष शाहले कपिल घिमिरेलाई, रियान श्रेष्ठले शुभम यादवमाथि जित निकाले भने आर बज्राचार्य र बाबुराजा महर्जनबीचको खेल बराबरीमा टुङ्गिएको थियो ।
त्यसैगरी गोदावरी नगरपालिका र कोशी प्रदेश बुद्धिचाल संघबीचको खेल बराबरीमा सकिएको छ । गोदावरीका सान्ती धिमालले सजल न्यौपानेलाई पराजित गरिन् । धिरेन राई र प्रकाश चन्द्र नेपाल, अशाक मोहन श्रेष्ठ र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकिएका छन् । सुभव न्यौपाने मिसन दहालसँग पराजित हुन पुगे । पुस २८ गते सम्म प्रतियोगितामा ४ लाख ७० हजार रुपैयाँ रहेको छ ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]