default_image

1 year ago

January 8, 2024

सुदूरपश्चिम र लुम्बिनीको‌ जित

1245 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा सोमबार  भएको दोस्रो खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशलाई ३-१ ले सेटमा हराएको थियो।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले प्रतिस्पर्धात्मक खेलमा कर्णालीलाई २५-२१,२१-२५, २५-१८ र २५-२३ ले हराएको थियो। यद्दपी सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।

एक खेल जितेको कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ। समूह ‘बी’मा गण्डकी र त्रिभुवन आर्मी क्लबको समान ६ अंक छ । सुदूरपश्चिमको ४, कर्णालीको ३ र मधेशको १ अंक छ ।

आर्मीले आज हुने खेलमा गण्डकीलाई‌ हराएको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहनेछ। त्यस्तो भएमा कर्णालीले गण्डकीलाई‌ सोझो सेटमा हराउनु पर्ने हुन्छ ।

आजै भएको समूह ‘ए’ पहिलो खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ३-१ ले हराएको थियो। दोस्रो खेल जित्ने क्रममा लुम्बिनीले कोशीलाई २५-१५,२१-२५,२५-१३ र २५-२१ ले हराएको थियो।

आज बाँकी दुई खेलमा साविक विजेता एपिएफ र नेपाल पुलिस क्लब र दिनको अन्तिम खेलमा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ। समूहमा एपिएफ र पुलिसको समान ६ अंक छ। लुम्बिनी, बागमती र कोशी प्रतियोगिताबाट बाहिरिसकेको छ ।

लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.