1 year ago
January 7, 2024
सुर्खेत (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो खेल जितेको छ।
वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आइतबार भएको चौथो तथा अन्तिम खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा हराएको थियो।
दोस्रो बाहेक अन्य सेटमा खासै चुनौतीको सामना नगरेको आर्मीले २५-१५ , २१-२५, २५-१४ र २५-१८ ले खेल जितेको हो। तीन वटै विभागिय टोली आर्मी, नेपाल प्रहरी, साविक विजेता एपिएफ तथा गण्डकीले प्रतियोगितामा समान २ खेल जितेका छन् । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ।
आज एपिएफले लुम्बिनी प्रदेशलाई ३-१ को सेटमा हराएको हो । लुम्बिनीको कडा चुनौतीको सामना गरेको एपिएफ २५-२२,२३-२५ ,२५-२२ र २५- १५ ले विजयी भएको थियो। दोस्रो सेटमा एक समय १७-१० ले पछाडि रहेको खेल लुम्बिनीले उल्टाएको थियो।
तेस्रो सेटमा भने लुम्बिनीले २२-१८ को अग्रता जोगाउन सकेन । २२-१८ बाट लगातार ७ अंक जोड्दै एपिएफले सेट आफ्नो पक्षमा पारेको थियो। चौथो सेटमा लुम्बिनीले खासै चुनौती दिन सकेन ।
समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई हराएको थियो। बागमतीलाई जितेको लुम्बिनीले नेपाल पुलिस क्लबसँगको खेल गुमाएको थियो।
समूहमा एपिएफ र पुलिसको समान ६ अंक छ। लुम्बिनी र कोशीको समान ३ अंक छ । बागमती प्रतियोगिताबाट बाहिरि सकेको छ।
आइतबार भएको दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो। गण्डकीले मधेशमाथि २५-११, २५-१९,२५-१३ को जित निकालेको हो ।
समूह ‘बी’मा गण्डकी र मधेश दुबैले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएका थिए। समूहमा गण्डकी र आर्मीको समान ६, कर्णालीको ३ , मधेशको २, सुदूरपश्चिमको १ अंक छ।
दिनको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ३-० २५-१०, २५-१३ र २५-१७ ले हराएको थियो । गत साता बाग्लुङमा बुकी कप को फाइनल खेलेको पुलिसले आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३-० ले हराएको थियो।
समूह ‘ए’मा बागमतीले भने लगातार तेस्रो हार बेहोरेको छ । बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो। एपिएफसँग मंगलबार हुने अन्तिम खेल अघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको हो ।
लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।