default_image

8 months ago

January 7, 2024

साविक विजेता एपिएफको अर्को जित

2253 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)- साविक विजेता एपिएफले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो खेल जितेको छ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आइतबार  भएको तेस्रो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ३-१ को सेटमा हराएको हो ।

लुम्बिनीको कडा चुनौतीको सामना गरेको एपिएफ २५-२२,२३-२५ ,२५-२२ र २५- १५ ले विजयी भएको थियो। दोस्रो सेटमा एक समय १७-१० ले पछाडि रहेको खेल लुम्बिनीले‌ उल्टाएको थियो।

तेस्रो सेटमा भने लुम्बिनीले २२-१८ को अग्रता जोगाउन सकेन । २२-१८ बाट लगातार ७ अंक जोड्दै एपिएफले सेट आफ्नो पक्षमा पारेको थियो। चौथो सेटमा लुम्बिनीले खासै चुनौती दिन सकेन ।

समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एपिएफले‌ कोशी प्रदेशलाई हराएको थियो। बागमतीलाई जितेको लुम्बिनीले नेपाल पुलिस क्लबसँगको खेल गुमाएको थियो।
समूहमा एपिएफ र पुलिसको समान ६ अंक छ। लुम्बिनी र कोशीको समान ३ अंक छ । बागमती प्रतियोगिताबाट बाहिरि सकेको छ।

आइतबार  भएको दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो। गण्डकीले मधेशमाथि २५-११, २५-१९,२५-१३ को जित निकालेको हो ।

समूह ‘बी’मा गण्डकी र मधेश दुबैले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएका थिए। समूहमा गण्डकीको ६, त्रिभुवन आर्मी क्लब र कर्णालीको समान ३ , मधेशको‌ २, सुदूरपश्चिमको १ अंक छ। कर्णालीले अंक जोड्न सकेको छैन।

दिनको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ३-०  २५-१०, २५-१३ र २५-१७ ले हराएको थियो । गत साता बाग्लुङमा बुकी कप को फाइनल खेलेको पुलिसले आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३-० ले हराएको थियो।

समूह ‘ए’मा बागमतीले भने लगातार तेस्रो हार बेहोरेको छ । बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो। एपिएफसँग मंगलबार हुने अन्तिम खेल अघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको हो । दिनको अन्तिम खेल आर्मी  र सुदूर पश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।

गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले उपाधि जितेको थियो।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.