1 year ago
January 7, 2024
सुर्खेत (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो खेलमा जित हासिल गरेको छ।
वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आइतबार विहान भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
उपाधि दाबेदार मध्येको एक पुलिसले बागमतीलाई २५-१०, २५-१३ र २५-१७ ले हराएको हो । गत साता बाग्लुङमा बुकी कप को फाइनल खेलेको पुलिसले आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३-० ले हराएको थियो।
समूह एमा बागमतीले भने लगातार तेस्रो हार बेहोरेको हो । बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो। एपिएफसँग मंगलबार हुने अन्तिम खेल अघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको छ।
आज दोस्रो खेलमा समूह बी गण्डकी र मधेश प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । यी दुबैले समान १ खेल जितेका छन्। समूह बीमा त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम र कर्णाली प्रदेश छन्।
आजै एपिएफ र लुम्बिनी तथा आर्मी र सुदूर पश्चिमबीच प्रतिस्पर्धा हुनेछ। लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।