1 year ago
January 1, 2024
हेटौंडा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पाेर्टस् क्लबलाई सोमबार भएको फाइनल खेलमा ३–१ सेटले हराउँदै एपिएफले च्याम्पियन बनेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७ र २५–२३ को सेटमा हराएको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो।
हेटौंडामा जारी खेलकुद तथा व्यापार महोत्सवमा भलिबल प्रतियोगिता आयोजना भएको हो । एपिएफले उपाधिसहित २ लाख र न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले पुरस्कृत गरिन्। प्रतियोगितामा ३ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ, न्यु डायमण्ड र घरेलु टोली छहारी युवा क्लब गरि ५ टोलीको सहभागिता थियो ।
मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।