default_image

1 year ago

January 1, 2024

बेथानचोकस्तरीय राष्ट्रपति रनिङ शिल्ड -पार्वती र भूमिमाता पहिलो

167 views

0 Bookmark

काभ्रे (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको‌ बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती मावि तथा छात्रातर्फ भूमिमाता मावि प्रथम भएका छन् ।

गाउँपालिकाको वडा नं. १ को च्याम्राङबेंशीमा भएको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वर माविले र छात्रातर्फ सरस्वती मावि पार्थलीले दोस्रो भए ।

तेस्रो स्थानमा छात्रतर्फ भिमसिनेश्वर मावि र छात्रामा चक्रेश्वर मावि तेस्रो स्थानमा रहे । गाउँपालिका सबै १० माविले प्रतियोगितामा भाग लिएका थिए।

विजेता खेलाडीलाई आइतबार पुरस्कृत  गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीय स्तरमा हुने प्रतियोगिताले प्रतिभा उत्पादन हुने भएकाले प्रतियोगिताको विशेष महत्व रहेको बताए ।

उनले सबै गतिविधि गाउँपालिकाको केन्द्रमा मात्र गर्नुहुन्न भन्ने मान्यताका साथ रनिङ शिल्ड प्रतियोगितालाई वडा नंं १ मा गरिएको र अन्य वडाहरुमा पनि यसरी नै विविध गतिविधि गर्दै जाने बताए । गाउँपालिकाले खेलकुद, शिक्षा विज्ञान र प्रविधिको कार्यक्रमलाई प्राथमिकतामा राखेकोले विकास भनेको बाटो र अन्य पूर्वाधार मात्र नभई व्यक्तिको चौतर्फी विकास पनि भएको उनको‌ भनाई थियो ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले प्रतियोगिताको आयोजनाले नयाँ प्रतिभाको खोजी हुनु, अवसर पाउनु र पुरानाहरू निखारिदै जाने हुँदा यसले देशको खेलकुदमा योगदान पुग्ने बताइन् ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवंम प्रवक्ता मधुसुधन तिमल्सिनाले  प्रतियोगिता आयोजन मौका दिएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिए । विजेता टोलीलाई स्थानीय संघ संस्थाले नगद पुरस्कारसमेत प्रदान गरेका छन् ।

समापन कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ का अध्यक्ष कुबेर ढकाल, वडा नं. ४ का अध्यक्ष कृष्ण लामा, वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा, वडा नं. ६ का अध्यक्ष विष्णु तामाङ, वडाका सदस्यहरु, सहभागी विद्यालयका शिक्षक प्रतिनिधि, प्रशिक्षक लगायतको उपस्थिति थियो । बेथानचोक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको संयोजन चक्रेश्वर माविले गरेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.