default_image

1 year ago

December 29, 2023

मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्की संघको आयोजनामा माघको दोस्रो सातातिर पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितालाई लक्षित गरेर गरिने प्रशिक्षणमा ५० जनाको सहभागिता रहने बताइएको छ । त्यसबाट उत्कृष्ट हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने छ । प्रशिक्षण मुक्तिनाथको प्रतियोगिता स्थलमै हुने संघका महासचिव विजय श्रेष्ठले जानकारी दिए ।

विजयी खेलाडीलाई थप प्रशिक्षण प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइनेछ । सन् २०२४ मा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम रहेको संघका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद र नेपाल पयर्टन बोर्डको साथ रहने छ । मनकामना केबल कार र पोडवे नेपालले प्रतियोगितालाई प्रायोजन गर्ने जनाएको छ ।

सोही अवसरमा २०२४ को जनवरी–फेबु्रवरीमा दक्षिण कोरियाको गाङवनमा हुने युथ ओलम्पिक्समा नेपालका तर्फबाट छनोटका भएका छोवाङ मिन्गुर तामाङ र लक्ष्मी राईले भाग लिने बताइएको छ । छोवाङ र लक्ष्मीले अल्पाइन जायन्ट स्लालामै सहभागिता जनाउने छन् ।

January 9, 2025

नेपाललाई‌ टिम इभेन्टमा स्वर्ण, सदभावको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]

January 9, 2025

बागमती खेलकुद परिषद्का १० सदस्यले सपथ लिए

मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषद् मनोनित १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल […]

January 9, 2025

आर्मीलाई इन्डो नेपाल भलिबल उपाधि

सुमन अधिकारी,बुटवल त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको हो ।आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो। पुलिसले पहिलो सेट सजिलै जितेको थियो । रविन […]

Success

Thank you for your time.