1 year ago
December 28, 2023
काठमाडौ (हाम्रो खेलकुद) – उपाधि रक्षाका लागि दिनेश प्रजापतिले सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा चौथो वरियताका जयराम श्रेष्ठको सामना गर्ने भएका छन्।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिताको बिहीबार भएको सेमिफाइनल जित्दै दिनेश र जयरामले एक अर्कासँगको भेट पक्का गरेका हुन्।
रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको सेमिफाइनलमा तेस्रो वरियताका दिनेशले १६औं होलमा जित आफ्नो पक्षमा पारे। उनले सातौं वरियताका रामे मगरलाई ३/२ले हराउँदै लगातार दोस्रो पटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाए।
उनले नौ होलको समाप्तीमा दुई होलको अग्रता बनाइसकेका थिए। उपाधि रक्षा गर्न दिनेश अब मात्र एक जित टाढा रहेका छन्।
अर्को सेमीफाइनल खेलमा चौथो वरियताका जयरामले नवौं वरियताका भुवन कुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धामक खेलको अन्तिम होलमा हराए। नवौं होलको समाप्तीमा जयरामले एक होलको अग्रता बनाएका थिए।
भुवनले पुनरागमन गर्दै १५ होलको समाप्तिमा एक होलको अग्रता बनाएका थिए। तर १६औं र १७औं होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गरे।
यसअघि आजै भएको क्वाटरफाइनलमा नवौं वरियताका भुवनले अप्रत्याशित नतिजा निकाले। उनले पहिलो वरियताका दाबेदार भुवन नगरकोटीलाई ४/३ ले हराए। जयरामले क्वाटरफाइनलमा पाँचौ वरियताका सञ्जय लामालाई २/१ ले हराएका थिए।
अर्को क्वाटरफाइनलमा दिनेशले छैटौ वरियताका रवि खड्कालाई अन्तिम होलमा संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा पुगेका थिए। यस्तै रामेले क्वाटरफाइनलमा १५औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले माथ दिए। प्रदीपले हिजो पहिलो चरणमा दोस्रो वरियताका नीरज तामाङलाई हराएका थिए।
दिनेश र जयरामबीच शुक्रबारका लागि तय फाइनल ३६ होलको हुनेछ। तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ।
कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले ६० हजार , दोस्रो ४२ , तेस्रोले ३२ चौथोले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]