default_image

1 year ago

December 28, 2023

स्वर्ण पदक विजेता रजनी मन्त्री लिम्बुबाट सम्मानित

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी रजनी श्रेष्ठ सम्मानित भएकी छिन्‌।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले रजनीलाई मन्त्रालयमै बोलाएर सम्मान गरेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएसंगै शारीरिक व्यायम हुँदै बडी बिल्डिङतर्फ अन्तर्राष्ट्रिय पदक विजेता बन्न सफल भएकी श्रजनीको जीवन प्रेरणादायी रहेको बताउँदै मन्त्री लिम्बुले सरकारकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

रजनीले ढिलै भएपनि सरकारले सम्मानित गरेकोमा आफूलाई खुशी लागेको बताइन् । उनले गत भदौमा काठमाडौंमा सम्पन्न ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको ५५ केजी तौल समुहमा भारतीय खेलाडी सविता बाँनियालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.