default_image

9 months ago

December 27, 2023

दिनेश सूर्य नेपाल एनपिजिए म्याच प्लेको क्वाटरफाइनलमा

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो दिन साविक विजेता दिनेश प्रजापति क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको दोस्रो वरियताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन्।

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिताको पहिलो दिन बुधबार दिनेशसँगै पहिलो वरियताका भुवन नगरकोटी, चौथो वरियताका जयराम श्रेष्ठ, पाँचौ वरियताका सञ्जय लामा, छैटौ वरियताका रवि खड्का, सातौं वरियताका रामे मगर, नवौं वरियताका भुवन कुमार रोक्का र १५औं वरियताका प्रदीप कुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा पुग्नेछन्।

रोयल नेपाल गल्फ क्लबमा म्याच प्ले फर्म्याटमा भएको प्रतियोगितामा तेस्रो वरियताका दिनेशले अनुभवी गल्फर तोरण विक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८औं होलमा पराजित गरे । उनले अब क्वाटरफाइनलमा छैटौं वरियताका रविको सामना गर्नेछन् । रविले भने ११औं वरियताका रमेश अधिकारीलाई ३-२ हराए ।

पहिलो वरियताका भुवनले १६औं वरियताका रामकृष्ण श्रेष्ठलाई ५-४ को सहज नतिजामा हराए । भुवनले क्वाटरफाइनलमा नवौं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वी पाएका छन् । भुवन कुमारले भने आठौं वरियताका धन बहादुर थापालाई १८औं होलमा पराजित गरेका हुन् ।

धरानका प्रो नीरजलाई १५औं वरियताका प्रदीप कुमार लामाले कडा चुनौती मात्र दिएनन, उनले १८औं होलमा खेल जित्दै क्वाटरफाइनलमा नाम सुरक्षित गरे। प्रदीपले अब क्वाटरफाइनलमा सातौं वरियताका रामेको सामना गर्नेछन् । भेट्रान प्रो रामे ले आज १०औं वरियताका सूर्य प्रसाद शर्मालाई ४-३ ले हराए ।

चौथो वरियताका जयरामले सबैभन्दा सहज जित दर्ता गर्ने क्रममा १३औं वरियताका दीपक मगरलाई ७-६ ले पराजित गरे । जयरामले क्वाटरफाइनलमा पाँचौ वरियताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नेछन् । सञ्जयले १२औं वरियताका शिवराम पौडेललाई ५-३ को नतिजामा पराजित गरे ।

सिजनको कुल आठ मध्ये यो प्रतियोगितामा गत सिजन अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउने नियम रहेको छ। तर यो पटक नेपाल नम्बर एक शुक्र बहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाएनन् । यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले प्रतिस्पर्धा गर्ने मौका पाए ।

चार खेलाडीले नाम फिर्ता लिँदा १७औं वरियताका दीपक मगर, १८औं वरियताका तोरण विक्रम शाही, १९औं वरियताका प्रदीप कुमार लामा र २०औं वरियताका रामकृष्ण श्रेष्ठले सहभागिता जनाए।

कुल २ लाख ५० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा आज पहिलो चरणमा पराजित हुने ८ खेलाडीले जनही ६ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने ४ खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् । विजेताले ६० हजार, दोस्रोले ४२ हजार, तेस्राले ३२ र चौथोले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

क्वाटरफाइनल र सेमिफाइनल खेलहरु बिहीबार हुनेछ । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको हुनेछ ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.