1 year ago
December 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले बुधवार रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ ।
सिजनको कुल ८ मध्ये यो प्रतियोगितामा गत सिजन अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । तर यो पटक नेपाल नम्बर एक शुक्र बहादुर राईसहित उत्कृष्ट १६ मा पर्ने ४ खेलाडीले सहभागिता जनाउने छैनन् ।
यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन् । शुक्रसँगै १४औं वरियताका टंक बहादुर राई, १५औं वरियताका बलभद्र राई र १६औं वरियताका कमल तामाङले व्यक्तिगत कारण म्याच प्ले नखेल्ने भएका हुन् ।
४ खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी यो प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहनेछन् । १७औं वरियताका दीपक मगर, १८औं वरियताका तोरण विक्रम शाही, १९औं वरियताका प्रदीप कुमार लामा र २०औं वरियताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन् ।
म्याच प्लेको ड्र अनुसार भुवन नगरकोटीले पहिलो चरणमा २०औं वरियताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन् । तेस्रो वरियताका निरज तामाङको सामना १९औं वरियताका प्रदीप कुमार लामाले गर्नेछन् । फेन्डिङ च्याम्पियन तथा चौथो वरियताका दिनेश प्रजापतिले १८औं वरियताका तोरण विक्रम शाहीसँग खेल्नेछन् । यस्तै १७औं वरियताका दीपक मगरले पाँचौ वरियताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन् ।
यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौं वरियताका सञ्जय लामा र १३औं वरियताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ । सातौं वरियताका रवि खड्काको सामना १३औं वरियताका रमेश अधिकारीले गर्नेछन् । अर्को खेलमा आठौं वरियताका रामे मगर र ११औं वरियताका सूर्य प्रसाद शर्माबीच क्वाटर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै नवौं वरियताका धन बहादुर थापा र १०औं वरियताका भुवन कुमार रोक्काले पहिलो चरणको खेलमा एक अर्काको सामना गर्नेछन् । पहिलो चरणका विजेता आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनल खेलहरू बिहीबार हुनेछन् । सेमिफाइनल शुक्रबार हुनेछ । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ । शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ ।
खेलाडीहरूले कुल २ लाख ५० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा पराजित हुने ८ खेलाडीहरूले जनही ६ हजार तथा क्वाटरफाइनलमा पराजित ४ खेलाडीले जनही ११ हजार प्राप्त गर्नेछन । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार , तेस्रोले ३२ र चौथो हुने खेलाडी २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपाल एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिएका छन् । उनले भने, ‘सूर्य नेपाल प्रालिको सहयोग विना यो टुर यहाँसम्म आउन सक्ने थिएन । नेपालमा गल्फ क्रमशः बिकास भईरहेकोछ र भोली देखि सुरु हुने सूर्य नेपाल म्याच प्ले प्रतिस्पर्धात्मक हुनेछ भन्ने विश्वास लिएको छु।’
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]