default_image

9 months ago

December 25, 2023

चीनमा हुने क्यानोइङमा नेपाली खेलाडीले भाग लिने

409 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)- चीनमा हुने नु चियाङ वाइल्डवाटर क्यानोइङ इन्टरनेसल ओपनमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार खेलाडीसहित ४ सदस्यीय टोलीको विदाई गरे ।

सूर्यप्रसाद जोशीको‌ नेतृत्व रहेको टोलीको प्रशिक्षक युवराज अधिकारी तथा खेलाडीमा विकास गुरुङ र गणेश गुरुङ रहेका छन् । प्रतियोगिता नु चियाङको स्वायत्त प्रान्त युन नानमा आगामी डिसेम्बर २६ देखि जनवरी १ तारिखसम्म हुनेछ ।

एनओसीका अध्यक्ष श्रेष्ठले विदाई कार्यक्रममा भने, ‘ तपाईहरुले प्रतियोगितामा शतप्रतिशत दिएर खेल्नुहोला र सफलता प्राप्त गर्नुहोला ।’

कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस), नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति थियो ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.